रुपन्देहीको शुद्धोधनमा २ महिने आधारभुत ब्युटीपार्लर तालिम सुरु भएको छ।सौ फर्साटिकर सामुदायिक सिकाइ केन्द्रको आयोजना भएको तालिमको शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले उद्घाटन गर्नुभयो ।उद्घाटन प्रश्चात बोल्दै अध्यक्ष बस्यालले महिला बेरोजगारीलाई अन्त्य गर्न तालिम आयोजना गरिएको बताउनुभयो।
गाउँपालिकाले मानवीय विकासमा पनि ध्यान दिदै विभिन्न सीपमूलक तालिमको आयोजना गरेको बताउनुभयो ।गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले गाउँपालिकाको अघिल्लो कार्यकालमा भौतिक विकासमा काम गरेको भन्दै पछिल्लो कार्यकालमा मानवीय विकासका कामहरुमा गाउँपालिकाले तदारुकता देखाएको बताउनुभयो।शुद्धोधन वडा न।४ का अध्यक्ष एंव पालिका प्रवक्ता केशवप्रसाद अधिकारीले तालिमलाई तालिमको रुपमा मात्र नल्याई एउटा अवसरको रुपमा लिनुपर्ने बताउनुभयो ।तालिम सिकाइको सुरुआत भएको भन्दै आधारभुत तालिम पछि अन्य विशिष्ट खालका तालिमहरु प्रदान गरि महिलाहरूलाई स्वरोजगार बनाउने तर्फ पालिका अग्रसर भएको जिकिर गर्नुभयो ।
कार्यक्रममा वडा न।३ की वडा सदस्य णमकुमारी पङ्गेनी,संस्थापक अध्यक्ष हिमबहादुर केसी, निवर्तमान अध्यक्ष हेमबहादुर राना, फर्साटिकर माविका प्रधानाध्यापक देवराज पौडेल,फर्साटिकर आमा समूह अध्यक्ष कमला ढकाल, सिकेका सिपहरुलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।
संस्थाका उपाध्यक्ष नवराज आचार्यको स्वागत,अध्यक्ष रामेश्वरी सिंहको अध्यक्षता तथा सहजकर्ता अन्जना रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो।शुद्धोधन गाउँपालिकाको सहयोगमा भएको तालिम मंगलबारबाट सुरु भइ बैशाख २० गते समापन हुने छ।




















