ताजा अपडेट

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

तस्करीलाई सहज नाका बन्दै कृष्णनगर भन्सार

लुम्बिनी दर्पण २०८१ चैत्र ७, बिहीबार २३:२२
[sharethis-inline-buttons]

लुदस, जीतपुर

कृष्णनगर भन्सार कर्मचारीले छाडेर काठमाण्डौ जादै गरेको मालवाहक ट्रक कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । भन्सार तिरिएको परिमाणभन्दा बढी फलफूल बोकेर छुटेको युपी ३२ एन ००६९ नम्बरको ट्रक आज दिउसो कृष्णनगर प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
नेपालगंजमा एक्सरे सहितको नाका स्तरउन्नती भएपछी नेपालगंज र सुनौली नाका हुदै प्रवेश गर्ने गाडीहरुको ध्यान कृष्णनगर मोडिएको हो ।
खासँगरि काठमाण्डौका व्यापारीलाई राजश्व छलि गर्ने अखडाको थलो कृष्णनगर सहजहुने बताउदै आएका छन् । उक्त गाडी महिनौ अघिदेखि वढनीका विमलले ईन्डियन एक्सोट ईन्वेयज नक्कली विल बनाएर भन्सार छल्दै आएको विश्वस्त श्रोत बताउछ ।

भन्सार एजेन्ट निरन्जनलाल श्रीवास्तवलाई विमलले आर्थिक प्रलोभनमा पारि कम विजक बनाएर कृष्णनगर भन्सार कर्मचारी सहितको मिलेमत्तोमा महिनौदेखि भन्सार छलि गर्दै आएको थियो । उक्त श्रोतलाई पछ्याउदै पत्रकारहरु सहितको टोलीले उक्त गाडी उपर अनुसन्धान गर्न प्रहरीलाई खबर गरेको थियो ।

खबर पश्चात चनाखो बनेको प्रहरीले उक्त गाडीलाई छानविनको दायरामा ल्याएको हो । यसरी उक्त नाकाबाट भत्रिने अंगुरमा कम विजक बनाईएका छन् । भारतको नासिकमै ७५ रुपैया भारतिय मुल्य नेपाली मुल्य १२० रुपैया पर्ने अंगुर कृष्णनगर भन्सारका कर्मचारीहरुको मिलेमत्तोमा ५० रुपैया भारुमा भन्सार गर्दै आएको छ ।यसबाट ठुलो राजश्व चुहावट हुदै आएको छ । अझ कालो अंगुरको मुल्य दोब्बर छ । त्यसलाई पनी अंगुर मात्र उल्लेख गरेर सोहि मुल्यमै भित्राईएको हो । कृष्णनगर भन्सारले जारी गरेको प्रज्ञापनपत्रमा उल्लेखित परिमाणभन्दा २ क्वीन्टल बढी अंगुर भेटिएको थियो । भन्सार विन्दुबाटै राजस्व छली भएको सूचना पाएपछि आफूहरुले जाँच गर्दा भन्सार तिरेको भन्दा २० कार्टुनमा करिव ३ क्वीन्टल बढी सामान देखिएको प्रहरी प्रवक्ता डिएसपी मोहनमणी अधिकारीले जानकारी दिए । हामीले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएका छौं” उनले भने । “हामीले जाँच गर्दा १० किलोका १२ क्यारेट र २० किलोका ८ क्यारेट अंगुर प्रज्ञापन पत्रभन्दा बढि पायौँ” अधिकारीले भने ।

कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयका अधिकृत स्तरका कर्मचारी र भन्सार एजेन्टकै मिलेमतोमा ट्रकमा रहेको भन्दा कम वस्तुको भन्सार गरेको कार्यालयकै एक कनिष्ठ कर्मचारीले बताए । भन्सार कार्यालयले चैत ७ गते जारी गरेको उक्त प्रज्ञापनपत्रमा ६ सय कार्टुन अंगुरको ८० रुपैयाँको दरले भन्सार लिइएको छ । भन्सार एजेन्ट निरन्जन श्रीवास्तवले कृष्णनगरका भन्सार जाँच अधिकारी धातानन्द ज्ञवाली तथा भन्सार अधिकारी लेखनाथ भट्टराईलाई प्रभावित बनाएर ६२० कार्टुन अंगुर रहेको उक्त गाडीको ६ सय कार्टुनको मात्र भन्सार गराएको श्रोतको आरोप छ । भारतको नासिकस्थित गणपति फ्रुट सप्लायर्सले काठमाण्डौ बल्खुस्थित एमबी फ्रुट सेन्टरलाई पठाएको उक्त अंगुरमा ३ क्विन्टल अधिक अंगुरको राजस्व छली गरिएको हो । गणपति फ्रुट सप्लायर्सका एजेन्ट विमलले भन्सार एजेन्टमार्फत कृष्णनगरबाट निकासी हुने अधिकांश फलफूल तथा तरकारीहरुमा भन्सार कर्मचारी प्रयोग गरेरै राजस्व छली गराउने गरेको श्रोतको दावी छ ।

भन्सार जाँचपास गरिएको उक्त गाडीमा कालो र सेतो दुईथरी अंगुर रहे पनि भन्सार कर्मचारी ज्ञवालीले एउटै वस्तु (अंगुर) मात्रै भनेर भन्सार गर्न सिफारिश गरेका छन् । जबकि भारत र नेपाल दुबै देशमा कालो अंगुर सेतोभन्दा करिब दोब्बर महंगो पर्ने गर्दछ । यसमा पनि मिलेमतो रहेको भन्सार कर्मचारी श्रोतको दावी छ । कृष्णनगर भन्सार कार्यालयमा रहेको तौल मेशिन सन्चालन नगरी भारतीय बिलको भरमा कर्मचारीहरुले दिनहुँ यस्ता राजस्व छली गर्ने गरी भन्सार प्रज्ञापन पत्र जारी गरिरहेको बताइन्छ ।

कृष्णनगर भन्सार विन्दुबाटै राजस्व छली भइरहेको यो पहिलो घटना भने होइन ।

भन्सार कार्यालयमै रहेको तौल मेसिन मर्मतसमेत नगराउने र ओभरलोड गाडीलाई कम तौल देखाएर पठाउने गरिएको स्थानीय व्यापारीहरूको भनाइ छ ।

सोही कारण तिन महिना अघि डिजेल जेनेटर लोड भएको भारतीय नम्बर प्लेट एनएल ०१ एएच ५१८९ गाडीका कारण दुम्कीबासमा रहेको पुल नै भासिएको थियो । सोे घटना बाहिरिएपछि कृष्णनगर भन्सार नाकाबाट कम तौल देखाएर ओभरलोड गाडीहरू पास भएको देखिएको हो । उक्त गाडी कृष्णनगर भन्सारबाट जाँचपास भई गएको र ओेभरलोडले गर्दा पुल भासिएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाको भनाइ छ ।

७२ चक्के र सय टनभन्दा बढी भार भएकाले गाडीका कारण पुल भासिएको थियो । ४ माघमा पनि भन्सार पास भई कृष्णनगरबाट सिद्रा माछा बाकेर चन्द्रौटातर्फ जाँदै गरेको ५३ एफटी ६८६९ नम्बर मिनिट्रकलाई इलाका प्रहरी कार्यालय कृष्णनगरले चेकजाँच गर्दा वास्तविकभन्दा कम तौल देखाइएको पुष्टि भएको छ । भर्पाईमा दुई हजार ६ सय २६ किलो देखाए पनि तौल गर्दा भने दुई हजार आठ सय ३० किलो भेटिएको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए । भर्पाईभन्दा २५ किलो माछा बढी देखिएको उनले बताए ।

गाडीका चालक भारत गोरखपुरका शिवशंकर राय र व्यवसायी कपिलवस्तु शिवराज नगरपालिकाका दुर्गाप्रसाद यादवलाई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको थियो ।

भन्सार कार्यालय सूचना अधिकारी  भने भन्सारमा सय टनसम्म तौल गर्ने मात्र धर्मकाँटा भए पनि व्यापारीहरूले देखाउने बिलकै आधारमा भन्सार गर्ने गरेको बताए ।

सामान्यभन्दा बढी नै फरक देखिने गरी मालसामान भएको शंका लागेमा मात्र तौल गर्ने गरिएको उनको भनाइ छ । ‘हामीले व्यापारीहरूले देखाएको बिलकै आधारमा भन्सार गर्दै आएका छौँ,’ उनले भने, ‘यसमा हाम्रो अरू कुनै संलग्नता छैन ।’ भन्सार प्रमुख फणीन्द्र खतिवडाले सडकको क्षमता र ओभरलोडभन्दा आफूहरूले भन्सार सामानको भन्सारको मूल्यांकन गरेर पास गर्ने गरेको बताएका छन् । सडकको भारको विषय आफूहरूको नभएको उनको भनाइ छ ।

महिनाअघि मात्रै यही भन्सारले जाँचपास गरी प्रज्ञापन पत्र दिएर पठाएका २ बक्सा सिद्रा माछा सशस्त्र प्रहरीले पक्राउ गरी राजस्व कार्यालय पठाएको थियो । कृष्णनगर भन्सार अधिकृत तथा कर्मचारीहरुले भन्सार यार्डमै तयारी अवस्थामा रहेको धर्मकाँटा (तौल मेशिन) २ बर्ष देखि बन्द गरेर सेटिङ्गमा वास्तविक वस्तुको कम तौल तथा कम परिमाणको भन्सार गर्दै आएका छन् । यहाँबाट दैनिक १५० भन्दा बढी मालवाहक ट्रकमा वस्तुहरु आयात हुँदै आएको छ ।


प्रकाशित : २०८१ चैत्र ७, बिहीबार २३:२२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

भर्खरै

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech