सरकारले उपत्यकाको तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी गरेपछि नेपाली सेना सडकमा निस्किएको छ। शुक्रबार राजावादीहरूले तीनकुने क्षेत्रमा उदण्ड मच्चाएपछि सरकारले तीनकुने क्षेत्रमा १० बजेसम्मका लागि कर्फ्यू लगाएको छ।
लगत्तै सेना सडकमा देखिएको हो।
मेडिकल माफिया दुर्गा प्रसाईं कमाण्डर रहेको राजावादी आन्दोलन भड्किएर अराजकतामा परिणत भएपछि सम्भावित खतरालाई मध्यनजर गर्दै सरकार सेना परिचालनसम्मको तयारीमा पुगेको हो । अहिले गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक बसिरहेको छ । प्रहरीको आन्तरिक सञ्चार प्रणाली वाकिटाकी सेटबाट सेना तैनाथ हुन लागेको सन्देश मातहतमा रिले भैसकेको छ ।
गृहमन्त्री रमेश लेखकले बोलाएको आपतकालीन बैठकमा चार वटै सुरक्षा निकायका प्रमुखको उपस्थिति छ । सुरक्षा समितिको सिफारिसबमोजिम सेना परिचालनको निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ८ बजे क्याबिनेट बैठक बोलाउनुभएको छ ।
यसवीच कोटेश्वरको जडिबुटीस्थित पार्किङका सबै गाडीमा राजावादीद्वारा भर्खरै आगजनी गरिएको छ भने प्रहरीले हिँसामा सम्लग्न जोसुकैमाथि ठाउँको ठाउँ गोली चलाउन अनुमती मागेको छ ।




















