आज बुटवल नारायणगढ सडक खण्डको नवलपुरको दुम्किबासमा पर्ने विनयी खोलामा बनाइएको डाईभर्सन बाढीले बगाउदा सडक अवरुद्ध भएको छ ।पहाडि क्षेत्रमा लगातार वर्षा पश्चात विनयी खोलामा आएको बाढीले डाईभर्सन बगाउदा सडक अवरुद्ध भएको हो ।विनयी खोलामा रहेको डाईभर्सन बगाउदा सडक अवरुद्ध हुदा अहिले दुवै सवारी साधन सञ्चालनमा कठिनाई भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
अत्यावश्यक सवारी साधनहरु होङ्सी गेट हुदै होङ्सी सिमेन्ट जाने बाटो हुदै द्म्किबास तर्फ पठाइएको र डाईभर्सन निर्माणमा पहल भैरहेको पनि प्रहरीले जनाएको छ ।



















