पञ्जाबको अमृतसर जिल्लामा नक्कली मदिरा सेवनबाट १४ जनाको मृत्यु भएको छ ।
सप्लायर सहित ४ व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ ।
अमृतसरका विभिन्न गाउँहरूमा परीक्षण र अनुसन्धान जारी रहेको छ ।
काठमाडौं । भारतको पञ्जाब स्थित अमृतसर जिल्लामा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु भएको छ ।अमृतसर जिल्लाको मजिठामा गएराति यस्तो घटना भएको समाचार एजेन्सी एएनआईलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
अमृतसरका एसएसपी मनिन्दर सिंहका अनुसार नक्कली मदिरा सेवनबाट १४ जनाको मृत्यु भएको र ६ जनाको अवस्था गम्भीर छन् । उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।उक्त मदिरा सप्लायर गर्ने व्यक्तिसहित ४ जनालाई नियन्त्रणमा लिइएको उनले बताए ।अमृतसरको भंगाली, पातालपुरी, मरारीकला, थेरेवाल र तलबन्डी घुम्मन भन्न गाउँमा यस्तो घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।पञ्जाब राज्य सरकारले नक्कली मदिरा सप्लाइ गर्नेमाथि कडा कारबाही गर्न निर्देशन दिएकोछ ।अमृतसर प्रहरीका अनुसार नक्कली मदिरा सेवनबाट १४ जनाको मृत्यु भएपछि ती पाँच वटै गाउँमा मेडिकल टिम पठाएर परीक्षण थालिएको छ ।




















