ताजा अपडेट

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

लुम्बिनी दर्पण २०८२ जेष्ठ १, बिहीबार १२:३२
[sharethis-inline-buttons]

समावेशी सोच, स्थानीय सहभागिता र महिला–अनुकूल पूर्वाधार विकासका लागि तिलोत्तमा नगरपालिकामा दुई दिने सह–डिजाईन कार्यशाला सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकालाई महिलामैत्री, सुरक्षित र समावेशी शहरका रूपमा विकास गर्न युनोप्सको साझेदारीमा प्रारम्भ भएको तीन वर्षे परियोजना अन्तर्गत नगरको वडा नं। ४ ९सीमानगर० र वडा नं। ९ ९मंगलापुर० मा पूर्वाधार निर्माणका लागि मंगलबार र बुधवार सह–डिजाईन कार्यशाला सम्पन्न भएको हो ।‘सबैका लागि उपयुक्त शहर’ बनाउने उद्देश्यले स्थानीय समुदाय, जनप्रतिनिधि, योजना विज्ञ, महिला समूह, युवा तथा सरोकारवाला निकायहरुको सक्रिय सहभागितामा निर्माण गर्न लागिएको सार्वजनिक पूर्वाधारहरूको प्रारम्भिक डिजाइन तयार गरिएको छ ।
कार्यशालामा सहभागीहरूले आफ्ना अनुभव, आवश्यकताहरू, विचार माथि छलफल गर्दै समावेशी, सुरक्षित र पहुँचयुक्त संरचना निर्माणमा जोड दिएका छन् । निर्माणको प्राथमिकतामा महिलामैत्री आराम गृह, स्तनपान कक्ष, सार्वजनकि शौचालय, बालमैत्री खेलमैदान, खुला विश्राम क्षेत्र, सबैका लागि उपयुक्त पैदल लेन, सार्वजनिक बगैंचा र सडक किनारमा उज्यालो ९लाईटको० व्यवस्थाजस्ता संरचनाहरू राखिएका छन्।साथै, महिलाहरूले उत्पादन गरेका सामग्री बेचबिखन गर्न स्टलको समेत व्यवस्था गरिनेछ।
कार्यशालामा नगर प्रमुख रामकृष्ण खाँणले सहभागीहरूलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालिकाले केवल संरचना मात्रै बनाइरहेको नभई सहजता, समानता र समावेशिताको आधार निर्माण गरिरहेको बताउनु भयो । समावेशी योजना र स्थानीय सहभागिता नै नगर विकासको मेरुदण्ड भएको उहाँको भनाई छ ।

कार्यक्रममा सहभागी वडा नम्बर ४का वडा अध्यक्ष हरि बहादुर क्षेत्री, वडा नम्बर ६का वडा अध्यक्ष गणेश पाठक र वडा नम्बर ९का वडा अध्यक्ष ध्रुव न्यौपानेले बोल्दै कार्यशालाबाट संकलित विचारहरूलाई परिमार्जन, पुनरावलोकन र परीक्षणको प्रक्रियापछि कार्यान्वयन गरिने हुँदा यस प्रक्रियाबाट तिलोत्तमा नगरपालिकालाई साँचो अर्थमा महिला मैत्री, समावेशी र सुरक्षित शहर बनाउने लक्ष्यलाई पुरा गर्ने बताउनु भयो ।
युनोप्सकी कार्यक्रम विशेषज्ञ निलम धनुषेले महिलाले उत्पादन गरेर बिक्री गर्न मिल्ने खाद्य सामग्री तथा अन्य सामग्रीका स्टल समेत निर्माण गर्ने बताउनु भयो । उहाँका अनुसार जुन स्थानमा उक्त पूर्वाधार बनाइन्छ, त्यसका लागि समुदायका महिला, पुरुष, युवा र बालबालिकासँग छलफल गरी उनीहरुले चाहेको पूर्व नक्सांकनमा आधारित संरचना बन्नेछ । उहाँले प्राविधिक, जलवायु र स्थानगत पक्षलाई ध्यानमा राखेर पूर्वाधार बनाइने र परियोजनामा नगरपालिकाको ३० प्रतिशत लगानी हुने जानकारी दिनुभयो ।
सह–डिजाईन अभ्यासबाट संकलित विचार र डिजाइन अवधारणाहरूलाई परिमार्जन, परीक्षण र पुनरावलोकन गरी कार्यान्वयनमा लैजाने तयारी गरिएको युनोप्सका आर्किटेक्ट मनीषा कार्कीले जानकारी दिनुभयो । उहाँले यस कार्यक्रम मार्फत तिलोत्तमा नगरलाई महिला, बालबालिका, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक लगायत सबैका लागि सुरक्षित, समावेशी र समर्पित शहर बनाउने लक्ष्य लिएको बताउनु भयो ।
परियोजनाका लागि तीन वर्षे कार्यान्वयन अवधि तोकिएको छ। पहिलो चरण सफल भएमा अन्य वडाहरूमा समेत परियोजना विस्तार गरिने युनोप्स र नगरपालिकाले जनाएको छ । यस किसिमको सहभागी र बहस–आधारित योजना प्रक्रियाले दिगो, समान र अधिकारमैत्री नगर विकासतर्फको यात्रालाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।


प्रकाशित : २०८२ जेष्ठ १, बिहीबार १२:३२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

भर्खरै

  • भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै


  • मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech