ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

लुम्बिनी दर्पण २०८२ जेष्ठ ४, आईतवार १४:३९

भारतसँग खुल्ला सीमाना रहेको मधेशको आठै जिल्लामा पछिल्लो समय विदेशी नागरिकहरूको शंकास्पद गतिविधिहरू देखिन थालेपछि सुरक्षा निकायले सतर्कता बढाएको छ । मधेशका सीमावर्ती जिल्लाबाट भारतको भूमिमा प्रवेश गर्न र वारीबाट पारि जान सुरक्षित र ठूला नाकाबाहेक सयौं चोरबाटोहरू भएको हुनाले सुरक्षा संवेदनशिलता अझ बढेको हो ।

विशेषगरी सीमानाकामा भएका गाउँहरूमा विदेशी अनुहार भएका वा शंकास्पद व्यक्ति देख्न वित्तिकै प्रहरीमा खबर गर्न स्थानीयलाई सचेत समेत गराउन थालिएको छ ।

पछिल्लो पटक भारत – पाकिस्तानबीच भएको तनाव र भारतको पहलगाममा भएको आतंकवादी आक्रमण पछि नेपालको भूमि प्रयोग गरेर छिमेकी देशमा हुनसक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न नेपाली सुरक्षा निकायले विशेष सर्तकता अपनाएको हो ।

शुक्रबार मात्रै सिरहाको बरियारपट्टी गाउँपालिका- ३ स्थित नेपाल भारत सीमा क्षेत्रबाट एक चिनियाँ नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको थियो । एसएसबीले चिनियाँ नागरिक सिचाओलाई पक्राउ गरी भारत लगेको हो । ति चिनियाँ नागरिकसँगै दुई नेपाली नागरिकलाई पनि एसएसबीले पक्राउ गरेको थियो तर,नेपालीलाई भने फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका चिनियाँ नागरिक यू सिचाओ तीन महिनाका लागि नेपाल आएको कुरा उनको पासपोर्टबाट खुल्न आएको भएपनि उनी सीमा क्षेत्रमा शंकास्पद गतिविधिमा लागेको देखिएपछि नियन्त्रणमा लिएको भारतीय पक्षको दाबी छ ।

यसै क्रममा गत साता मात्रै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका भारदहमा बस्दै आएका ६ जना बांग्लादेशी जमातीलाई शंकास्पद क्रियाकलाप गरेको आशंकामा प्रहरीले नियन्त्रणमा लिइर काठमाडौं पठाएको हो ।

त्यसैगरी सिरहाको गोलबजारको एक मस्जीदमा बस्दै आएका ६ जना बांग्लादेशी जमाती नागरिकलाई पनि निगरानीमा राखिएको सुरक्षा निकायको स्रोतले बताएको छ। गत साता मात्रै धनुषाको नेपाल भारत सीमावर्ती क्षेत्र नगराउन नगरपालिका ५ गंगुली पश्चिमवारी टोलको आँप बगैचामा करिब दुई सयको संख्यामा अपरिचित व्यक्तिहरले आएर अस्थायी घर निर्माण गरि डेरा जमाएका थिए ।

उनीहरूको शंकास्पद बसोबासका बारेमा स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले उनीहरलाई त्यहाँबाट हाल हटाएको छ । तिनीहरू रोहिंग्या मुस्लीमहरू भएको हुनसक्ने प्रहरीको आशंका छ ।

नेपालको भूमि प्रयोग गरेर कुनै खालको अपराधिक वा आतंककारी गतिविधि हुन नदिन प्रहरी पूर्णरुपमा सचेत रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायव महानिरिक्षक (डीआईजी) उमा प्रसाद चर्तुवेदी बताउँछन् । जमातिको नाममा वा धार्मिक शिक्षा दिने उद्देश्यले कुनै व्यक्ति नेपाल आउनु हुन्न भन्ने कुनै प्रकारको कानुन हामीसँग छैन् तर,कुनैपनि बंगलादेशी वा अन्य देशका नागरिक नेपालको भूमिमा आउँदा उनीहरूबाट आन्तरिक वा बाह्य खतरा हुने क्रियाकलाप देखिने विषयमा हामी सचेत छौं,’ डीआईजी चर्तुवेदी भन्छन्,’मधेशका जिल्लाहरूमा बसिरहेका वा आएका विदेशी नागरिकहरूको गतिविधिमाथि हामी निरन्तर निगरानी राखी राखेका छौं । यदि उनीहरूको कुनै शंकास्पद गतिविधि फेला पर्यो भने नेपालको विद्यमान कानुन अनुसार कारवाहीको लागि हामी पहल गर्छौं ।’

सीमा नाकामा बिना परिचय पत्र वा भिसा हेरेर कसैलाई पनि आवतजावत गर्न नदिन प्रहरीले निर्देशन नै दिएको छ । डीआईजी चर्तुवेदी भन्छन्,’छिमेकी कुनै पनि राष्ट्रमा खतरा पर्छ भने त्यसको असर हामीलाई पनि कुनै न कुनै रुपमा पर्छ नै भन्ने आधारमा मधेश प्रदेश सरकारले समेत आन्तरिकस्तरमा सुरक्षा निकायको बैठक गरेको छ ।

उनका अनुसार त्यसका साथै केन्द्रीय सुरक्षा समितिले पनि सीमा सुरक्षाको विषयमा विभिन्न निर्णयहरू गरेर पठाएको छ ।


प्रकाशित : २०८२ जेष्ठ ४, आईतवार १४:३९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech