ताजा अपडेट

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

लुम्बिनी दर्पण २०८२ जेष्ठ १३, मंगलवार ११:५५
[sharethis-inline-buttons]

केही सातादेखि यता छिमेकी राष्ट्र चीन हुँदै भारतमा समेत कोरोना बढेपछि नेपाल सरकारले पनि सतर्कता अपनाउन सुरु गरेको छ । विगतका वर्षहरूमा पनि भारतमा कोरोना बढेपछि नेपालमा फैलिएको अनुभवको कारण नेपाल समयमै सतर्क हुनु पर्ने इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रबल झाले बताए । ‘भारतमा बढेको देखेपछि हामीले पनि आफ्ना संयन्त्रणहरु तयारी अवस्थामा राखेका छौ’उनले भने ।

केही दिन अघि स्वास्थ्यमन्त्री प्रदिप पौडेलसँग तयारीको लागि छलफल गरेको र सीमा नाका, हवाई नाकाहरूमा हेल्थ डेस्क राखिसकेको जानकारी दिए । ‘सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन भनिसकेका छौ, आवश्यक परेमा परीक्षण कीट तुरुन्तै पठाउने गरी तयारी गरेका छौ’उनले भने । यसको साथै परीक्षण कीट खरिदको लागि मन्त्रालयसँग अनुरोध गरिसकेको झाले जानकारी दिए ।

भारतमा फैलिएको देखिएपछि नेपालको कोरोनाको स्थिति बारेमा पनि हेरिरहेको झाले बताए । नियमित परीक्षण गरिएको तथ्याकं अनुसार पछिल्लो समय ७ जनामा कोरोना पुष्टि भएको छ। ती मध्येमा १ जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्याकं हो भने ६ जना छिमेकी जिल्ला काभ्रेका हुन । काभ्रेका सक्रमितहरु भारतीय यात्रामा नदेखिएको हुनाले उनीहरूको स्थानीय कोरोना देखिन्छ ।

‘संक्रमितहरुलाई फोन सम्पर्क गरेर स्थितिको बारेमा जानकारी लिइसकेका छौ, उनीहरु सामान्य अवस्थामा छन्’उनले भने । संक्रमित पुष्टि भएका मध्ये सबै जना नियमित परीक्षणको क्रममा पुष्टि भएका हुन । अहिलेसम्म नेपालमा संक्रमित संख्या ह्वात्तै नबढेको हुनाले जिन सिक्वेन्सिङ नगरिएको निर्देशक झाले बताए । धेरैको संख्यामा पुष्टि भएको खण्डमा जिन सिक्वेन्सिङ गर्ने उनले जानकारी दिए ।

भारतमा देखिएको कोरोना कडा असर नदेखिएको र कडा प्रजातिको नभएको तर यसको असर वृद्धा तथा दीर्घ रोगीमा हुन सक्ने भएकोले सर्तक हनु पर्ने उनको सुझाव छ । डा. झाको अनुसार सबै नागरिकहरूले भिडभाडमा जाँदा पहिलाको जस्तै मास्कको प्रयोग गर्ने, हातको सफाइ राख्ने काम गर्न अनुरोध गरे ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसन्धान शाखाका संयोजक डा. शेर बहादुर पुनले अहिले छिमेकी देशहरूमा देखिएको कोरोनाको असर कडा रुपमा नदेखिएको बताए । तर जोखिम उमेर समूह र दीर्घरोगीहरुलाई असर गर्न सक्ने भएकोले यी समूह सतर्क हुनु पर्ने डा. पुनको सुझाव छ । पुनको अनुसार विश्व स्वास्थ्य सङ्गठनले हाल विभिन्न देशमा देखिएको कोरोनालाई कडा कोरोना नभएको भनाइ सार्वजनिक गरेको हुनाले आत्तिइहाल्न आवश्यक नभएको बताए । ‘जुन स्तरमा हल्ला त्यो अनुसारको कडा भएको देखिँदैन’ उनले भने।


प्रकाशित : २०८२ जेष्ठ १३, मंगलवार ११:५५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
प्रतिक्रिया

यो पनि पढौँ

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै

सरकार सामाजिक सञ्जालमा अल्झियो : भीष्मराज आङदेम्बे

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

आज गाईजात्रा पर्व मनाइँदै

भर्खरै

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech