ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशतमात्रै विकास बजेट खर्च

लुम्बिनी दर्पण २०८२ असार ३, मंगलवार ११:३२
[sharethis-inline-buttons]

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा कुल विकास बजेटको ५९ प्रतिशतमात्रै खर्च गरेको छ । आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी हुँदा ४१ प्रतिशत पुँजीगत बजेट खर्च गर्न बाँकी छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार जेठ मसान्तसम्म पुँजीगततर्फको २४ अर्ब ५८ करोड ५९ लाखमध्ये १४ अर्ब ५३ करोड २० लाख ८५ हजार ५४२ रूपैयाँमात्रै खर्च भएको हो । यसै अवधिमा चालूतर्फको बजेट खर्च ५६ दशमलब ७८ प्रतिशतमात्र छ ।

चालूतर्फ १४ अर्ब ३८ करोड ४१ लाख विनियोजन भएकोमा ८ अर्ब १६ करोड ७६ लाख ४७ हजार १८१ रूपैयाँ खर्च भएको छ । चालू र पुँजीगत दुवैतर्फ गरी कुल ५८ दशमलब २५ प्रतिशत मात्र खर्च भएको छ ।

यस प्रदेशको चालू आवको बजेट ३८ अर्ब ९७ करोड रूपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा करिब ३ अर्बले कम हुँदा पनि बजेटसमेत खर्च गर्न नसकेको भन्दै सरकारको कारकारबाहीको तौरतरिकामा प्रश्न उठेको छ ।

प्रदेशसभाले ७२ दशमलव ५२ प्रतिशत, प्रदेश लोक सेवा आयोगले ७८ दशमलब ८० प्रतिशत, प्रदेश योजना आयोगले ३२ दशमलव ६९ प्रतिशत र स्थानीय तह निकासा शीर्षकमा ६५ दशमलव ८६ प्रतिशत बजेट खर्च गरेको छ । अर्थ विविधतर्फ भने कुनै पनि खर्च नभएको लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री कार्यालयमै सबैभन्दा कम, स्वास्थ्यमा धेरै
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुँजीगत खर्च सबैभन्दा कम १४ दशमलब ६६ प्रतिशतमात्रै छ । सो कार्यालयको कुल खर्च ३१ दशमलव ३१ प्रतिशत मात्र हो ।

स्वास्थ्य मन्त्रालयले भने सबैभन्दा बढी ७५ दशमलव ७३ प्रतिशत बजेट खर्च गरेको छ, जसमा पुँजीगततर्फ ८७ दशमलव १२ प्रतिशत खर्च भएको छ ।
आर्थिक मामिला मन्त्रालयले जम्मा ५७ दशमलव ०६ प्रतिशत बजेट खर्च गरेको छ । जसमा चालूतर्फ ५६ दशमलव ६७ प्रतिशत र पुँजीगततर्फ चालु आर्थिक वर्षको ११ महिनामा ६४ दशमलव ४४ प्रतिशत खर्च भएको छ । उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले जम्मा ३८ दशमलव ३२ प्रतिशत बजेट खर्च गरेको छ । जसमा चालुतर्फ ४९ दशमलव २८ प्रतिशत र पुँजीगततर्फ २९ दशमलव ९६ प्रतिशत बजेट खर्च भएको छ ।

यसैगरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको ६० दशमलव ६० प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ ६४ दशमलव ३२ र पुँजीगततर्फ ६० दशमलव २८ प्रतिशत बजेट खर्च भएको छ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले झन चार दशमलव ७० प्रतिशत मात्रै बजेट खर्च गरेको छ । उसले चालुतर्फ चार दशमलव एक प्रतिशत र पुँजीगततर्फ १४ दशमलव ८७ प्रतिशत खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी कृषि तथा भूमि व्यवस्था मन्त्रालयको ५५ दशमलव ८५ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालुतर्फ ५६ दशमलव ०३ प्रतिशत र पुँजीगततर्फ ५३ दशमलव २६ प्रतिशत बजेट खर्च भएको छ । यस्तै आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयको २१ दशमलव ७४ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ २१ दशमलव ५८ प्रतिशत र पुँजीगततर्फ २२ प्रतिशत बजेट खर्च गरेको हो ।

त्यसैगरी वन तथा वातावरण मन्त्रालयले बितेको ११ महिनामा ४७ दशमलव ७९ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ ६१ दशमलव ५६ प्रतिशत र पुँजीगततर्फ ३३ दशमलव ४३ प्रतिशत बजेट खर्च गरेको हो भने भौतिक पूर्वाधार विकास मन्त्रालयले ५६ दशमलव ७५ प्रतिशत खर्च गरेको छ । जसमा चालुतर्फ ५८ दशमलव ४४ प्रतिशत र पुँजीगततर्फ ५६ दशमलव ६७ प्रतिशत बजेट खर्च भएको छ ।

खानेपानी ग्रामीण तथा शहरी विकास मन्त्रालयको जम्मा ६७ दशमलव २४ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालुतर्फ ५७ दशमलव ७३ प्रतिशत र पुँजीगततर्फ ६७ दशमलव ७२ प्रतिशत बजेट खर्च भएको छ । यस्तै सामाजिक विकास मन्त्रालयले बितेको ११ महिनामा ५६ दशमलव १४ प्रतिशत बजेट खर्च गर्न सकेको छ । चालुतर्फ ६२ दशमलव १८ प्रतिशत र पुँजीगततर्फ ४७ दशमलव २५ प्रतिशत बजेट खर्च गरेको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयको जम्मा बजेट खर्च ७५ दशमलव ७३ प्रतिशत भएको छ । जसमा चालुतर्फ ६६ दशमलव ५१ प्रतिशत र पुँजीगततर्फ ८७ दशमलव १२ प्रतिशत बजेट खर्च भएको छ ।

बजेट कार्यान्वयनमा देखिएको ढिलासुस्ती र कम खर्चले लुम्बिनी प्रदेशको समग्र विकास प्रयासमा प्रभाव पारेको विज्ञहरुको भनाइ छ । विश्लेषक माधवकुमार पौडेल आर्थिक वर्ष सकिन लाग्दासम्म पनि बजेटको ठूलो अंश बाँकी हुनु सरकारको योजना व्यवस्थापन कमजोरको संकेत भएको बताउँछन् ।

सरकारले आगामी आवको लागि ३८ अर्ब ९१ करोडको बजेट ल्याइएको छ । कृषिमन्त्री तथा सरकारका प्रवक्ता दिनेश पन्थीका अनुसार काम भएका मन्त्रालयको तथ्यांक मिलान बाँकी रहेको केही प्रतिशत बढ्ने र अन्तिम समयमा काम गर्ने गराउने पुरानो प्रणालीमा सुधार नभएकाले पनि काम कम देखिएको बताउँछन् ।


प्रकाशित : २०८२ असार ३, मंगलवार ११:३२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech