ताजा अपडेट

बाणगंगा नदीका ठेक्कामा स्काभेटर लगाउने तयारी : पुर्वाधारमा क्षतीहुने भन्दै स्थानीय चिन्तित

सग्रहवामा शाक्यहरू पितृ स्मरण

मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

‘अलबिदा’ लेखेका डाक्टरले गृहमन्त्रीलाई भने- अंकल ! म कांग्रेसी भएकाले टार्गेटमा परेँ

लुम्बिनी दर्पण २०८२ असार ३, मंगलवार १२:३५
[sharethis-inline-buttons]

सोमबार बिहान फेसबुकमा स्टाटस लेखेर मर्छु भनेका तर प्रहरीले नागार्जुनको रिसोर्टबाट सकुशल उद्दार गरेका चिकित्सक केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् ।

मंगलवार गृह मन्त्रालयमा गएर गृहमन्त्री भेटेका श्रेष्ठले आफू वागमती प्रदेशका १३ अस्पतालमध्ये एकमात्र डेमोक्रेट (कांग्रेस) डाक्टर भएकाले टार्गेटमा परेको बताएका छन् । उनले एमाले र माओवादीको टार्गेटमा परेको आफू एकमात्र कांग्रेस डाक्टरमाथि कांग्रेसकै नेताले गुण्डागर्दी गरेपछि त्यस्तो कदम चालेको बताएका छन् ।

गृहमन्त्रीसँग कुरा गर्दै उनले माओवादीका एक पूर्व सांसदकी छोरीलाई स्पष्टिकरण सोधेपछि आफूमाथि टार्गेट गरिएको समेत बताए । उनले आफूलाई रामेछापमा पोष्टिङ गर्दा समेत पार्टी र मन्त्रीबाटै फोन लगाएको समेत स्मरण गराए ।

गृहमन्त्रीले उनलाई किन त्यस्तो कदम चालेको भनेर सोधपछि उनले यसरी सुनाएः

अंकल कुरा के भने मेरो पोस्टिङ रोकिदा पनि यहाँबाटै फोन गराएको हो प्रमुख सचिव गोविन्द कार्कीलाई । १३ वटा वागमतीका अस्पतालमध्ये म एउटामात्रै हो डेमोक्रेट डाक्टर । एमालेको मन्त्री,एमालेको सचिव त्यो पनि होल्ड गरेर यताबाट गराएको हो । म टार्गेट लिस्टमै थिएँ । त्यहाँ एक दुई जना डाक्टर छन् कार्यकक्षमा नबस्ने,राजनीतिमात्रै गर्ने । माओवादीको एकजना पूर्व सांसदकी छोरी टेण्डर डाक्टर छिन्,आफ्नो बाउको जस्तै ठान्ने ।

धेरै गुनासो आएपछि मौखिक चेतावनी दिदा पनि नटेरेपछि मैले उनीहरुसँग स्पष्टिकरण सोधेँ । अर्को केदार कार्की भन्ने छ त्यहाँको गुण्डा । पहिला वडाध्यक्ष थियो नेपाली कांग्रेसबाटै पछि टिकट नदिएको पार्टीले । उसको जागिर केही छैन,खाली पैसा माग्ने । करारमा मान्छे राख्दे भनेर दबाब दिने । मैले मेयर लबश्री न्यौपाने उहाँ पनि कांग्रेसकै हुनुहुन्छ,उहाँको मान्छे राख्नु तपाईको ६,७ जना राखिसकेँ केदारजी भनेको थिएँ । तर उसले ५० हजार माग्यो,नदिएपछि धम्की दिन थाल्यो…

प्रहरीले उद्दार गरेका यु्वा डाक्टर भावुक भएर बहकिँदै राजनीतिक कुरा गर्न थालेपछि अर्को बैठकमा जाने हतारोमा रहेका गृहमन्त्रीले उनलाई रोकेका थिए । कसैले भिडिओ समेत रेकर्ड गरिरहेको हुनाले गृहमन्त्री भने सम्हालिएका थिए ।


प्रकाशित : २०८२ असार ३, मंगलवार १२:३५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगा नदीका ठेक्कामा स्काभेटर लगाउने तयारी : पुर्वाधारमा क्षतीहुने भन्दै स्थानीय चिन्तित
  • सग्रहवामा शाक्यहरू पितृ स्मरण
  • मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु
  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने
  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा नदीका ठेक्कामा स्काभेटर लगाउने तयारी : पुर्वाधारमा क्षतीहुने भन्दै स्थानीय चिन्तित

सग्रहवामा शाक्यहरू पितृ स्मरण

मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

भर्खरै

  • बाणगंगा नदीका ठेक्कामा स्काभेटर लगाउने तयारी : पुर्वाधारमा क्षतीहुने भन्दै स्थानीय चिन्तित

  • सग्रहवामा शाक्यहरू पितृ स्मरण

  • मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

  • कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

  • क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech