ताजा अपडेट

संविधान संशोधनको सन्दर्भमा राष्ट्रिय जनमोर्चाद्वारा वृहत अन्तर्क्रिया सम्पन्न

नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने

ट्रम्पले स्थगित गरे आज इरानमाथि हुने भनिएको आक्रमण

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार

जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसद केसीको माग

प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णयविरूद्ध परेको रिट दर्ता गर्न आदेश

बडीमालिका जाने क्रममा बेहोस भएका लेखा अधिकृतको मृत्यु

बल्खुमा ३३ औं मदन–आश्रित स्मृति सभा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

इरानी परमाणु भट्टीमा ‘सीमित क्षति मात्र’, अमेरिकी गुप्तचर निकायको प्रारम्भिक मूल्यांकन

लुम्बिनी दर्पण २०८२ असार ११, बुधबार ११:१४
[sharethis-inline-buttons]

इरानमा अमेरिकाले गरेका हवाई आक्रमणबाट त्यहाँका प्रमुख परमाणु भट्टीहरू पूर्ण रूपमा ध्वस्त नभएको प्रारम्भिक गुप्तचर मूल्यांकनले देखाएको छ।

अमेरिकी डिफेन्स इन्टेलिजेन्स एजेन्सी (DIA) को मूल्यांकन अनुसार, फर्दो, नतान्ज र इस्फहानमा रहेको इरानको परमाणु पूर्वाधारमा आंशिक क्षति पुगेको छ तर संरचनाहरू पूर्ण रूपमा नष्ट भएका छैनन्।

रोयटर्स र सिएनएन ले पेन्टागनका उच्च स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रक्षामन्त्री पिट हेगसेथको दाबी— जसअनुसार इरानको परमाणु कार्यक्रम ‘पूर्ण रूपमा ध्वस्त’ भएको भनिएको थियो— त्यसको खण्डन हुने प्रारम्भिक तथ्याङ्कहरू सार्वजनिक भएका छन्।

DIA का एक अधिकारीका अनुसार, “इरानले परमाणु कार्यक्रमहरू गहिरो भूमिगत संरचनामा सञ्चालन गरिरहेको हुँदा बाह्य आक्रमणबाट व्यापक क्षति हुन सकेन।”

सिएनएनले जनाएअनुसार, फर्दोस्थित भूमिगत परमाणु केन्द्रमा अमेरिकी आक्रमणले मुख्यत: प्रवेशद्वारमा क्षति पुर्‍याएको छ, तर युरेनियम भण्डारण र भित्री संरचनामा अपेक्षित क्षति पुगेको छैन।

पेन्टागन स्रोतले हमलाअघि नै इरानले युरेनियम र संवेदनशील उपकरणहरू अन्यत्र सारिसकेको जानकारी पनि दिएको छ। मक्सर टेक्नोलोजिजको स्याटलाइट तस्वीरले हमलाअघि फर्दो प्रवेशद्वारमा धेरै संख्यामा ट्रक देखिएको पुष्टि गर्दछ।

ट्रम्प र हेगसेथले भने अमेरिकाले प्रयोग गरेका १२ वटा GBU-57 बंकर भेदी बमहरूका कारण फर्दो पूर्ण रूपमा ध्वस्त भएको दाबी गर्दै आएका छन्। GBU-57 बमहरू विशेष रूपमा जमिनमुनिका संरचनाहरू ध्वस्त पार्न प्रयोग गरिन्छ।

यद्यपि गुप्तचर निकायको प्रारम्भिक निष्कर्षअनुसार इरानको आणविक कार्यक्रम दुईदेखि पाँच वर्ष होइन, अधिकतम एकदेखि दुई महिनामात्रै पछाडि धकेलिएको हो।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले भने प्रारम्भिक मूल्यांकनको सार्वजनिक हुनुलाई ‘गोप्य सूचनाको लिक’ भन्दै विरोध गरेकी छन्। उनले यसलाई राष्ट्रपति ट्रम्प र अमेरिकी सेनाको क्षमतामाथिको अवमूल्यनको प्रयास भनेकी छन्।

इरानी प्रतिक्रिया स्वरूप कतार र इराकस्थित अमेरिकी सैन्य संरचनाहरूमा मिसाइल आक्रमण भएको थियो।

१२ दिन लामो द्वन्द्वपछि मंगलबार इरान र इसराइलबीच युद्धविराम घोषणा गरिएको छ। युद्धविराम अमेरिकी राष्ट्रपति ट्रम्पकै पहलमा भएको बताइएको छ।

यस अवधिमा ६१० जना इरानी र २८ जना इसरायली नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


प्रकाशित : २०८२ असार ११, बुधबार ११:१४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • संविधान संशोधनको सन्दर्भमा राष्ट्रिय जनमोर्चाद्वारा वृहत अन्तर्क्रिया सम्पन्न
  • बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित
  • लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार
  • वेलफेयरको साधारणसभा र अधिवेशन, नेतृत्व हस्तान्त्रण गर्दै अध्यक्ष खाँण
  • बुद्धशान्ति ईङ्गलिस बोर्डिङ्ग स्कुलको सम्मान कार्यक्रम : पूर्व विद्यार्थीको सफलतामा विद्यालय गौरवान्वित
प्रतिक्रिया

यो पनि पढौँ

संविधान संशोधनको सन्दर्भमा राष्ट्रिय जनमोर्चाद्वारा वृहत अन्तर्क्रिया सम्पन्न

नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने

ट्रम्पले स्थगित गरे आज इरानमाथि हुने भनिएको आक्रमण

जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसद केसीको माग

प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णयविरूद्ध परेको रिट दर्ता गर्न आदेश

वेलफेयरको साधारणसभा र अधिवेशन, नेतृत्व हस्तान्त्रण गर्दै अध्यक्ष खाँण

यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ३ जना पक्राउ

लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या घटाइँदै

रासायनिक मलको विकल्प खोज्छौँ: मन्त्री चौधरी

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

भर्खरै

  • संविधान संशोधनको सन्दर्भमा राष्ट्रिय जनमोर्चाद्वारा वृहत अन्तर्क्रिया सम्पन्न

  • नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने

  • ट्रम्पले स्थगित गरे आज इरानमाथि हुने भनिएको आक्रमण

  • बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

  • लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार

  • जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसद केसीको माग

  • प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णयविरूद्ध परेको रिट दर्ता गर्न आदेश

  • बडीमालिका जाने क्रममा बेहोस भएका लेखा अधिकृतको मृत्यु

  • बल्खुमा ३३ औं मदन–आश्रित स्मृति सभा

  • वेलफेयरको साधारणसभा र अधिवेशन, नेतृत्व हस्तान्त्रण गर्दै अध्यक्ष खाँण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech