पुर्णचन्द्र परियार,
कोईलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समिति बाणगंगा ९ भलवाडको आज एक कार्यक्रमका विच साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभामा संस्थाकि कोषाध्यक्ष माधुरी सेन गिरीले आर्थिक वर्ष २०८२/०८३ को कुल २ करोड ११ लाख १६ हजार बराबरको प्रस्तावित आय व्यय प्रस्तुत गरेकी थिईन । साधारण सभामा आगामी निति तथा कार्यक्रमका विषय प्रस्तुत गर्दै बनका अध्यक्ष कुन्तामणी भुषालले वन व्यवस्थापन उपभोक्ताको जिविकोपाजन, गरिवी न्युनिकरण कृषि सिंचाईका क्षेत्रमा योगदान पर्याउनेमा जोड दिएका थिए । संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव सुस्मा क्षेत्रीले वनले बस्ती विकासका क्षेत्रमा कालोपत्रेका साथै विभिन्न रचनात्मक काम गरेको विवरण प्रस्तुत गरेकी थिईन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सव डिभिजन बन कार्यालय गोरुसिंगेका प्रमुख मोतिलाल पौडेलले कोईलीचौरले वनका क्षेत्रमा नमुना का गर्दै गएको बताएका थिए । विशिष्ट अतिथि वडा नं ९ का अध्यक्ष कमल पौडेल , वडा नं ९ स्थित सामुदायिक वनका अध्यक्षहरुका तर्फबाट विन्द्र बहादुर गुरुङ्ग संचारकर्मी , राजनैतिक व्यक्तित्व लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको अवसरमा विभिन्न गरिव जेहेन्दार, विधार्थीहरुलाई छात्रवृत्ति समेत वितरण गरिएको थियो ।
कार्यक्रम वनका अध्यक्ष कुन्तामणी भुषालको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष देव बहादुर श्रीसको स्वागत र सचिव शुष्मा क्षेत्रीको संचालनमा संम्पन्न भएको थियो ।



















