ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

लुम्बिनी दर्पण २०८२ मंसिर २२, सोमबार ११:२६
[sharethis-inline-buttons]

लुदस, जीतपुर
गौरवको आयोजनाका नाममा संचालित एक क्रेशर उद्योगबाट धमाधम नदिजन्य पदार्थ निजि क्षेत्रमा तस्करी भैरहेको छ ।
बुटवल गोरुसिंगे गौरवको सड्क आयोजनाका नाममा बाणगंगा नगरबाट अमानतमा अर्थात विना प्रतिस्पर्धा कम राजश्वमा उठाईएको नदिजन्य पदार्थ बाहिर विक्रि गरेको तथ्य फेला परेको हो । एससिइजीसी–एनएस जेभी निर्माण कम्पनी ले गौरवको आयोजनाका लागि नदिजन्य पदार्थको जिम्मालिई ठेक्कामा लिईएको लुम्बिनी क्रेशरबाट निजि क्षेत्रलाई नदिजन्य पदार्थ विक्रि गरेको तथ्य फेला परेको हो ।
गत आर्थिक वर्षमा सड्क आयोजनाका नाममा बाणगंगा नगरपालिकाको बाणगंगा नदि श्रीङ्गीघाट देखि मधुवन सम्म ६३ हजार ९ सय ९६ घनमिटर नदिजन्य पदार्थ ३ करोड ३८ लाख ८१ हजार ६ सय ३१ रुपैया मात्र मा हात पारेको थियो । सो बेला नक्कली ससिद बनाई झण्डै दोब्बर नदिजन्य पदार्थ संकलन गरेको आरोप लागेको गत मंगलबार नदिजन्य पदार्थ महङ्गोमा विक्रि गरेको सुचना थाहा पाएपछी लुम्बिनी क्रेशरमा पुगेका संचारकर्मीले सो तथ्य फेला पारेका हुन् ।


आयोजना मातहतमा रहेको उक्त क्रेशरबाट लु ३ त ४६०७ नम्बरको ट्याक्टर कृष्ण थापा र रा १ त ३०१७ नं को ट्याक्टर जि.एम बरालका नाममा कम विजक बनाई भ्याट छलि समेत गरेर निजि प्रयोजनका लागि आयोजनाका नाममा ल्याईएको नदिजन्य पदार्थ विक्रि गरेको प्रत्यक्ष फेला परेको थियो ।
गत चैत्र १२ गते बाणंगगा नगरपालिकाको बाणगंगा खोलाबाट नदीजन्य पदार्थ चोरी नक्कली रसिद काण्डमा कार्वाहीमा परेको एससिइजीसी–एनएस जेभी निर्माण कम्पनी अर्न्तरगतको लुम्बिनी क्रेशर बाट पुन नदिजन्य पदार्थ अवैध निकासी भैरहेको तथ्य फेला परेको हो ।
बाणगंगा नगरपालिका राजस्व शाखाले नदीबाटै नक्कली बिल बनाई ढुवानी गरिरहेको आयोजनाको लु २ ख १७०४ नम्बरको टिप्पर नियन्त्रणमा लिएको थियो । ठेकेदारले चैत ११ गते उक्त ट्रकलाई ४२० नम्बरको रसिद काटेका थियो भने १२ गते करिब ४ बजे नगरपालिकाको टोली अनुगमन आउने थाहा पाएपछि हतार हतार ४१२ नम्बरको रसिद काटेका आधारमा नगरको अनुगमन टोलीले फेला पारेको थियो ।
नगरपालिका श्रोतका अनुसार ४१२ नम्बरको उक्त रसिद नक्कली रहेको भन्दै राजस्व छली गरेको आरोपमा ६० हजार जरिवाना गरि छाडेको थियो ।

बुटवल–गोरुसिंगे सडकलाई आवश्यक पर्ने नदीजन्य पर्दाथ निकासी गर्न बाणगंगा नगरपालिकाले उक्त ठेकेदारलाई चालु आबका लागि भ्याट बाहेक १५ रुपैयाँ रुपैयाँको दरले ६४ हजार घन मिटर माल निकाल्न स्वीकृति दिएको थियो । अन्य व्यवसायीलाई भने प्रतिस्पर्धामा दोब्बर रकम परेको छ ।
आयोजनाको बुटवल देखि बुड्ढी चोक सम्मको ४ लेन सडक निर्माणका लागि १ लाख घन मिटर नदीजन्य पर्दाथ आवश्यक पर्ने लागत स्टिमेट हुँदा हुँदै पनि ठेकेदार पक्षले ३ लाख घन मिटर नदीजन्य पर्दाथ निकासीका लागि बाणगंगा नगरपालिका सँग माग गरेको थियो । तर बाणगंगाले महत्त्वपूर्ण आयोजना भन्दै हाल करिव ६४ हजार मात्र दिने र पछि आवश्यक परे दिने भन्दै सिधै कार्यपालिका बाटै निर्णय गरेर सामाग्री उपलब्ध गराएको थियो । नगरसंगको सम्झौताको बुदाँ नं ५ मा आयोजना निर्माण कम्पनीले नदिजन्य पदार्थ आयोजनाको काममा प्रयोग गर्नुपर्ने शर्त रहेको छ ।
निजि क्षेत्रमा समेत करछलि गर्दै उद्योग
निजि क्षेत्रलाई गौरवको आयोजनाको नाममा ल्याईएको नदिजन्य पदार्थ विक्रि गर्दा क्रेशरले भ्याट छलि गरेको छ । क्रशरले भ्याटमा काट्नुपर्ने रसिद कम विजक बनाएर प्यान विल ठमाएको हो । प्रतिफुट ५५ रुपैयाका दरले विक्रि भएको बालुवाको मुल्य ५५ सय तिर्दा व्यवसायीले २ हजारको मात्र विल पाउने गरेको ट्याक्टर चालक बताउछन् ।
गौरवको आयोजनाका नाममा लुट मच्याई रहने ठेकेदार तथा उक्त क्रेशर संचालक बाबुराम अधिकारी ले पट्क पट्क कृर्ते र अवैध धन्दा मच्याउदा सरोकारवाला निकाय भने बेखबर जस्तै बनेको छ । बाणगंगा नगरपालिकाका राजश्व शाखा प्रमुख मदन घिमिरेले नदिजन्य पदार्थ निजि क्षेत्रलाई विक्रि गर्न नपाउने र सो फेला परे कार्वाही हुने बताए । यस सम्बन्धमा गुनासोहरु आउन थालेको उनको भनाई छ ।


प्रकाशित : २०८२ मंसिर २२, सोमबार ११:२६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech