लुदस, जितपुर
शितगंगा १३ मा रहेको मालिका सामुदायिक वनमा यतिखेर रातको समयमा सड्क खन्ने नाममा अन्धधुन्ध बन फडानी भैरहेको छ । स्थानीय तह सञ्चालन भएपछि विकासको नाममा प्राकृतिक स्रोत–साधन दोहन बढ्दा चुरे क्षेत्रको विनास तीव्र भइरहेको बेला जनप्रतिनिधि र सामुदायिक वनका पदाधिकारीहरुकै मिलेमत्तोमा वन फडानी भएको हो । केही दिन अघि शितगंगा १३ का वडाध्यक्ष दुर्गा वि.सि ले मुसियान ढाड तारिके मिलनचोक हुदै नेटाखर्क सुपादेउराली सम्म जोडने मोटरबाटो निर्माणकार्य अगाडी बढाउने भन्दै आफ्नै फेसबुकमा पोष्ट्याएका थिए । गत वर्ष मात्र मुसियान माझिफाट हुदै देउराली जोडने ट्याक खोलेका थिएभने मुसियान भलास्रिर्र हुदँ सिमलपानी जोड्ने सडक समेत २ सय मिटरकै दुरिमा हुदाँ हुदै चुरे र बन मास्नकै लागि वर्षेनी नयाँ ट्याक नखोल्न भन्दै स्थानीयहरुले सामाजिक संजालमै तिब्र विरोध जनाएका थिए ।
विरोधकै बाबजुत बन कार्यालय र सव डिभिजनलाई समेत जानकारी नगराई रातारात अन्धधुन्ध सड्क खन्न थालिएको हो । खासगरी वन क्षेत्रबाट अन्धधुन्ध सडक, बाटोघाटो खन्दा चुरे विनासको प्रमुख कारण रहेको छ ।
चुरे भावर क्षेत्रमा पछिल्लो वर्षमा अन्धाधुन्ध सडक विस्तार गरिएको छ । एउटा गाउँलाई अर्को गाउँसम्म जोड्ने भन्दै डोजरको प्रयोग गरेर चुरे क्षेत्रको कमजोर भूगोल जथाभावी कोतरिएको छ । भएका बाटोलाई मर्मत नगरि चुरेमा वर्षेनी नयाँ ट्याक खोल्दा वडाध्यक्षलाई डोजरबाट कमिशन आउने र कमिशनको चक्करमा वर्षेनी नयाँ बाटो खन्दै बन मास्दै गरेको वडाध्यक्ष निकट मानिने एक नेताले नाम नबताउने शर्तमा भने हामिले नयाँ ट्याक नखोल्न सुझाव दिएका हौ । भएका बाटो विस्तार गरि मर्मत गरेर स्थानियलाई बसाईसराई रोक्ने उपाय खोज्न सुझाव दिदा वर्षेनी नयाँ ट्याक खोलेर जोखिम निम्त्याउने काम गरेको उनी बताउछन् । यस विषयमा वडाध्यक्ष वि.सि ले आफु अधिवेशनका लागि काठमान्डौमा रहेको र सामुदायिक वनले बाटो खोलेको हुनसक्ने भन्दै तर्कन खोजे । यता सव डिभिजन बन कार्यालय डोहोटेका वन अधिकृत अर्जुन चापागाईलाई यस विषयमा जानकारी लिन खोज्दा बाटो खन्ने विषय जानकारीमा नरहेको र वनभित्र अन्धधुन्ध बाटो खने कार्वाही गरिने आफुले तुरुन्त रोक्ने बताए ।
वातावरणीय प्रभाव मूल्यांकन विनै अन्धधुन्ध सडक खन्दा वर्षायममा पहिरो र भु क्षयको जोखिम हुन्छ । यसरी ग्रैह् कानुनी ढंगबाट सडक खन्ने जो कोहीलाई कार्वाही हुन जरुरी छ । लामो समयदेखि चुरे संरक्षणको आवाज उठाउँदै आएका स्थानीयहरु पनि अनधिकृत रूपमा हचुवाको भरमा सडक निर्माण गर्ने नाममा चुरे विनास भइरहेको बताउँछन् ।
सडक निर्माण गर्ने भन्दै संगठित रूपमा वन फँडानी गर्ने गिरोह शितगंगामा रहेको र यसलाई रोक्न आफुहरुले खबरदारी गरिरहेकै बेला बलजफ्ती चुरे र बन अवैध दोहन गरेको भन्दै स्थानिय पारस भुषालले आक्रोस पोखे उनि भन्छन् वेकामे विकास का नाममा विनास रोक्न पालिका का योजना अधिकृत र मेयरलाई ज्ञापन पत्र बुझाउदा समेत वडाध्यक्षले अटेर गरेको बताए ।
‘चुरेमा अनधिकृत रूपमा सामुदायिक वनका पदाधिकारीहरूलाई हातमा लिएर जंगलको बीचबाट सडक लगेर गाउँका टाकुरासम्म पुर्याउने बहानामा संगठित रूपमा वन फडानी भइरहेको ‘विद्युतीकरण, घेरा पर्खाल लगाउने जस्ता बहानामा ठेकेदार मिलेर चुरे विनास हुने गरेको र यसलाई सवै मिलेर रोक्नुपर्ने सरोकारवालाहरु बताउछन् ।



















