ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी

लुम्बिनी दर्पण २०८२ पुष २०, आईतवार १४:१३
[sharethis-inline-buttons]

लुदस, जीतपुर
बुटवल–गोरुसिङ्गे सडकअन्तर्गत ‘गौरव आयोजना’ निर्माणमा आवश्यक नदीजन्य सामग्री अभाव भएको आयोजनाले बताइरहेका बेला सोही आयोजनाको नाममा उठाइएको सामग्री निजी क्षेत्रमा बिक्री भने रोकिएको छैन् ।
बुटवलदेखि कपिलवस्तुको बेल नदीसम्म करिब ५० किलोमिटर सडक स्तरोन्नति भइरहेको ‘गौरव आयोजना’ ले नदीजन्य सामाग्री र माटोको चरम अभावका कारण काम प्रभावित भएको दाबी गरिरहेका बेला, सोही आयोजनाका नाममा उठाइएको सामाग्री आयोजना बाहिरै तस्करी भइरहेको गम्भीर तथ्य फेला परेको हो ।
आयोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । निर्माण कम्पनीका इन्जिनियर राजकुमार श्रेष्ठका अनुसार आवश्यक नदीजन्य सामग्रीका लागि विभिन्न स्थानीय तहसँग स्रोत खोजी गर्न अनुरोध गरिएको छ । तर यता आयोजना सामाग्री अभावको मार खेपिरहँदा जिम्मा लिएको लुम्बिनी क्रेशरबाट आयोजना बाहिर निजी क्षेत्रमा बालुवा–गिट्टी बिक्री भइरहेको प्रमाण भेटिएको हो ।
पहिलो खण्डमै गहिरो अभाव
बुटवलदेखि रुपन्देहीको सैनामैना हुँदै कपिलवस्तुको कोठी नदीसम्मको पहिलो खण्डमा मात्रै ८ लाख ७१ हजार घनमिटर नदीजन्य सामाग्री आवश्यक पर्ने आयोजनाको तथ्यांक छ । तर हालसम्म सैनामैना नगरपालिकाको पहलमा जम्मा ६३ हजार घनमिटर र बाणगंगा नगरपालिकाद्धारा ६३ हजार ९ सय बुद्धभुमी नगरपालिका लगाएतले अमानतमै नदिजन्य पदार्थ उपलब्ध गराएका थिए ।
यता माटोको अवस्था झनै कमजोर छ । आवश्यक ८ लाख ७९ हजार घनमिटर माटोमध्ये हालसम्म २७ हजार घनमिटर मात्रै संकलन भएको आयोजनाको भनाई छ । बुटवल उपमहानगरलगायत स्थानीय तहसँग आग्रह गरिए पनि सुनिश्चित हुन नसकेको आयोजनाले जनाएको छ।

यही खण्डमा २५ किलोमिटर सडकमा ६७ वटा बक्स कल्भर्टमध्ये ३७ वटाको काम अन्तिम चरणमा पुगेको, ठूला १२ पुलमध्ये अधिकांशमा पाइलिङ सम्पन्न भएको भए पनि सामग्री अभावकै कारण समग्र प्रगति १७ प्रतिशतमा सीमित रहेको आयोजनाले जनाएको छ।
दोस्रो खण्डमा पनि उस्तै समस्या
कोठी नदीदेखि कपिलवस्तुको बेल नदीसम्मको दोस्रो खण्डमा ६ लाख २० हजार घनमिटर माटो आवश्यक पर्नेमा हालसम्म करिब ३ लाख घनमिटर मात्रै प्राप्त भएको छ । नदीजन्य सामाग्रीतर्फ ५ लाख घनमिटर आवश्यक हुँदा ९० हजार घनमिटर मात्र उपलब्ध भएको आयोजनाले जनाएको छ ।
यो खण्डमा भौतिक प्रगति १९ प्रतिशत र वित्तीय प्रगति १४ प्रतिशत मात्रै रहेको आयोजना पक्षकै तथ्यांकले देखाउँछ।
अभावको दाबी र तस्करीको वास्तविकता
आयोजनाले दुवै खण्डमा सामग्री अभाव देखाइरहेका बेला बाणगंगा नगरपालिकाबाट ‘गौरव आयोजना’ कै नाममा उठाइएको नदीजन्य सामग्री लुम्बिनी क्रेशरबाट निजी प्रायोजनमा बिक्री भइरहेको भेटिनुले गम्भीर प्रश्न खडा गरेको छ ।
सम्झौता अनुसार आयोजनाका लागि उठाइएको सामाग्री आयोजना स्थलमै प्रयोग हुनुपर्ने स्पष्ट व्यवस्था छ । तर सोही सामाग्री कम विजक, नक्कली रसिद र भ्याट छलिको माध्यमबाट निजी बजारमा पुगेको प्रमाण भेटिनुले आयोजनाको दाबी र व्यवहारबीच ठूलो अन्तर देखाएको छ।
चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले १३ अर्ब ५५ करोड रुपैयाँमा सडक स्तरोन्नतिको काम गरिरहेका छन्। विश्व बैंकको ३५ अर्ब रुपैयाँ सहयोगमा ६९ किलोमिटर सडक स्तरोन्नति हुँदैछ ।

यति ठूलो राष्ट्रिय गौरवको आयोजनामा सामग्री अभावको बहाना बनाइँदै, सोही सामाग्री बाहिर बेचेर नाफा कमाउने खेल भइरहेको हो भने यसको असर निर्माण प्रगतिमा मात्रै होइन, सार्वजनिक विश्वासमै गम्भीर चोट पुग्ने देखिन्छ ।
बाणगंगा नगरपालिकाबाट बुटवल–गोरुसिङ्गे सडक आयोजनाका लागि अमानत प्रक्रियामार्फत कम राजश्वमा उठाइएको नदीजन्य सामग्री आयोजना मातहतकै लुम्बिनी क्रेशरबाट निजी प्रयोजनमा बिक्री भइरहेको तथ्य रोकिएको छैन् । एससिइजीसी–एनएस जेभी निर्माण कम्पनीले आयोजनाका लागि जिम्मा लिएको उक्त क्रेशरबाट बालुवा, गिट्टी लगायतका सामग्री निजी व्यवसायीलाई बिक्री गरिएको प्रमाण सञ्चारकर्मीको अनुगमनका क्रममा फेला परेको हो ।

गत आर्थिक वर्षमा बाणगंगा नगरपालिकाको बाणगंगा नदीको श्रीङ्गीघाटदेखि मधुवनसम्मबाट ६३ हजार ९ सय ९६ घनमिटर नदीजन्य सामग्री करिब ३ करोड ३८ लाख रुपैयाँमा उठाइएको थियो भने बुद्धभुमीबाट २९ हजार घन मिटर नदिजन्य पदार्थ उठाईएको थियो । तर सोही अवधिमा नक्कली रसिद प्रयोग गरी झण्डै दोब्बर सामग्री संकलन गरिएको आरोप लाग्दै आएको छ।

अनुगमनका क्रममा आयोजनाको नाममा निकालिएको सामग्री लु ३ त ४६०७ र रा १ त ३०१७ नम्बरका ट्याक्टरमार्फत कम विजकमा ढुवानी गरी भ्याट छलि गर्दै निजी क्षेत्रमा बिक्री गरिएको प्रत्यक्ष देखिएको जनाइएको छ । यसअघि पनि चैत १२ गते बाणगंगा नगरपालिकाले नक्कली रसिद प्रयोग गरी ढुवानी भइरहेको लु २ ख १७०४ नम्बरको टिप्पर नियन्त्रणमा लिई ६० हजार रुपैयाँ जरिवाना गरेको थियो ।
बाणगंगा नगरपालिकाले चालु आर्थिक वर्षका लागि भ्याट बाहेक प्रतिघनमिटर १५ रुपैयाँका दरले ६४ हजार घनमिटर नदीजन्य सामाग्री निकाल्न स्वीकृति दिएको थियो, जब कि अन्य व्यवसायीले प्रतिस्पर्धामा दोब्बर रकम तिरेर सामाग्री उठाउदा आयोजनाका नाममा नगरले ठुलो राजश्व गुमाउन परेको थियो । नगरसँगको सम्झौताको बुँदा नम्बर ५ अनुसार उठाइएको सामग्री आयोजनाकै काममा प्रयोग गर्नुपर्ने व्यवस्था भए पनि सो उल्लङ्घन भएको देखिन्छ ।यस विषयमा आयोजना प्रमुख कुशलता न्यौपानेले यसरी जिम्मा लिएको क्रेशरले वाहिर विक्रि गर्न नपाउने र यो आयोजनाले हेर्नुपर्ने बताईन यता निर्माण कम्पनी तर्फबाट कपिलवस्तु क्षेत्रका इन्जिनियर रोहित भटराईले विहिबार मात्र पनी नदिजन्य पदार्थ बाहिर विक्रि गरेको समाचारका विषयमा संचालन जिम्मा लिएका बाबुराम अधिकारीलाई ध्यानाकर्षण गराएको र अव यस्तो नदोहोरिने बताए । उनले आयोजनाका लागि निर्माण सामाग्री अभाव भएको र यसवर्ष पनी बाणगंगा नगरपालिका र बुद्धभुमी नगरपालिकामा माग गरिने बताए । यता आयोजना पक्ष भने निर्माण सामाग्रीको अभावका कारण काम प्रभावित भएको बताइरहेको छ ।

यो समाचार लुम्बिनी दर्पण साप्ताहिकबाट साभार गरिएको हो ।


प्रकाशित : २०८२ पुष २०, आईतवार १४:१३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech