- लुदस जितपुर
राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुबाट प्रतिनिधि निर्वाचन उम्मेदवारमा आयातितो हरुले कव्जा गरेको भन्दै संगठन भित्र असन्तुष्टि देखिएको छ । उम्मेदवार छनोट प्रक्रिया विवादित भएसंगै स्थानीय कार्यक्रर्ताहरुको आज मनोनयन दर्तामा उत्साह देखिएको छ्रन् । जिल्ला पार्टी संगठनले उम्मेदवार सिफारिस गरेका कुनैपनी नाम सिफारिस नभई केन्द्रबाटै एकाएक अन्य दलबाट आएका र कार्यक्रर्ता विच अपरिचित हनुहार आएको भन्दै तिब्र असन्तुष्टि भएको हो ।
पार्टी स्रोतका अनुसार क्षेत्र नं १ बाट पार्टी उपसभापती विक्रम थापा उठ्ने चर्चा रहेको थियो । उनी निकट श्रोत भन्छ थापाको आईतबार राती ११ बजेसम्म टिकटका लागि पक्का पक्की जस्तै भएको थियो रातीको १२ बजे टिकट खोसियो । हामी संगठन निर्माण गर्यौ एकाएक कार्यक्रर्तामा अपरिचित आयादितले टिकट लिएर आउदा छक्क पर्यौ कसरी मनोनयनमा जाने ? उनिहरुले प्रश्न गरे । क्षेत्र नं १ मा काठमाण्डौ बस्दै आएका मोहन आचार्यले टिकट पाएका हुन ,

उता क्षेत्र नं २ मा पनी राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय सभापती माधव पराजुलीले उम्मेदवारी दिने तयारी रहेको थियो ।उनी स्थापना देखि नै सकृय रुपमा पार्टी संगठन निर्माणमा जुटेका थिए । यहाँ पनी निर्वाचनकै सम्मुखमा नेपाली कांग्रेसका नेता विक्रम सिंह थापाले केन्द्रबाट टिकट ल्याएसंगै स्थानीय कार्यक्रर्ता निराश भएका हुन् । सिंह काग्रेसको हालै सम्पन्न अधिवेशनमा गगनसंगै बन्द शत्रमा रहेका थिए । तर कांग्रेसबाट सुरेन्द्र आचार्यले टिकट पाएपछी उनी रास्वपाबाट टिकट लिएका हुन् ।

क्षेत्र नं ३ मा पनी यस अगाडि बालकृष्ण न्यौपाने , आनन्द यादव ,राहुल के.सीको नाम चर्चामा रहेको थियो । एकाएक गत निर्वाचनमा राप्रपाबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका र राष्ट्रिय स्वतन्त्र पार्टीमा योगदान नगरेका प्रकाश रजौरियाले केन्द्रबाट टिकट लिएसंगै स्थानिय कार्यक्रर्ता निराश भएका हुन् ।

यसले पार्टीभित्र नेतृत्वको केन्द्रिकरण र निर्णय प्रक्रियाको पारदर्शितामाथि प्रश्न खडा गरेको छ।
यस किसिमको निर्णयले कार्यकर्ताको मनोबल कमजोर पार्न सक्ने र निर्वाचनअघि मतदाता विश्वासमा असर पर्न सक्ने संकेत देखिएको छ। कार्यकर्ताको सक्रियता र लोकप्रिय नेताको समर्थन महत्त्वपूर्ण भए पनि पारदर्शी र सहभागी निर्णय प्रक्रिया नहुँदा पार्टीलाई चुनौती सिर्जना हुन सक्ने कार्यकर्ता र स्थानीय नेताहरूले प्रश्न उठाएका छन—यदि अनुभवी नेता र सक्रिय कार्यकर्ताको विचारलाई बेवास्ता गरी सिफारिस गरिएको हो भने आगामी निर्वाचनमा पार्टीको आधारभूत एकता कसरी कायम रहला प्रश्न चिन्ह खडा भएको छ ।
एकल सिफारिसको निर्णयले पार्टीभित्रको लोकतान्त्रिक मूल्य र निर्णय प्रक्रियामाथि थप शंका उत्पन्न गरेको देखिन्छ।
स्थानीय नेताहरूले पार्टी रणनीति र उम्मेदवार छनोट प्रक्रियामा थप पारदर्शिता र सहभागी निर्णयको आवश्यकता औँल्याएका छन्। विगतको अनुभव, वर्तमान विवाद र कार्यकर्ताको असन्तोषलाई हेर्दा आगामी निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुका लागि सहज नहुने संकेत देखिएको छ ।




















