पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा-२ बाट उम्मेदवारी दिएका भट्टराईले आज मनोनयन फिर्ता लिने निर्णय गरेका हुन्।
उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए।
गोरखा-२ मा नेपाली कांग्रेसबाट प्रकाश चन्द्र दवाडी, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट कवीन्द्र बुर्लाकोटी,नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ न्यौपाने उम्मेदवार छन्।



















