ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

दलका उम्मेदवारलाई कडा टक्कर दिँदै कपिलवस्तु-१ मा स्वतन्त्रका आशिष शर्मा

लुम्बिनी दर्पण २०८२ माघ १६, शुक्रबार २१:५७
[sharethis-inline-buttons]

कपिलवस्तुमा नेपाली कांग्रेसका पुराना र लोकप्रिय नेता हुन्, दीपकुमार उपाध्याय । कांग्रेसमा पाँच दशक सक्रिय राजनीति गरेका पूर्वमन्त्री उपाध्यायसँगै छोरा आशिष शर्मा पार्टी राजनीतिमा सक्रिय थिए ।

निर्वाचनको बेला टिकट वितरणमा कांग्रेसले दुवै जनालाई ‘कर्नर’ मा पारेपछि कपिलवस्तु–१ बाट आशिष अहिले स्वतन्त्र उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा दीपकुमारको ‘लिगेसी’ले सुशासन, विकास, पारदर्शिता र कपिलवस्तुलाई चिनाउने मुद्दा उठाएर अहिले आशिषले चुनावी अभियानलाई तीव्र बनाएका छन् ।

जिल्लामा राम्रो राजनीतिक पहिचान समेत बनाएका युवा नेता शर्माको उम्मेदवारीले यो क्षेत्रको चुनावी सरगर्मी झनै पेचिलो बनेको छ । यो क्षेत्रमा अहिले राजनीतिक दलका उम्मेदवार भन्दा स्वतन्त्र आशिष शर्माको चर्चा सुनिन्छ । यहाँ कांग्रेसबाट अतहर कमाल मुसलमान, एमालेका विश्रामप्रसाद चौधरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का कृष्णबहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मोहनलाल आचार्य उम्मेदवार छन् । शर्माले ऐतिहासिक जिल्ला कपिलवस्तु भएपनि छायाँमा परेको भन्दै यसको पहिचान र परिचय बदल्ने लक्ष्यसहित चुनावी अभियानमा होमिएको बताए ।

Screenshot

शर्मा राजनीति बुझेका युवामध्येमा शालीन र अनुशासित मानिन्छन् । जिल्लामा अनुभवी, समाजसेवामा निरन्तर समर्पित र इमानदारिता उनको अर्को परिचय हो । निष्ठावान्, जिम्मेवारीमा प्रतिबद्ध, समन्वयकारी स्वभाव, सत्यका पक्षपाती र सुशासनका माध्यमबाट उनले विशिष्ट पहिचान बनाएका छन् । कतिपय युवाहरूलाई राजनीतिमा व्यापार गरेको, पद, शक्ति र इमानसमेत दुरुपयोग गर्ने गरेको आरोप लाग्छ । तर उम्मेदवार शर्मा यस्ता आरोपबाट सधैँ मुक्त रहन्छन् ।

शर्माले व्यवसायमा पनि अनुभव हासिल गरेका छन् । व्यवसायिक कृषि खाका बनाउने, समृद्धिका आधार तयार पार्ने, आधार साकार पार्नका लागि आवश्यक कार्यक्रम तयार पार्ने काममा उनको समेत नेतृत्वदायी भूमिका रहेको छ ।

युवाको उद्यमशीलतामा आफ्नो जोड समेत रहेको शर्माले बताए । आफू कपिलवस्तु–१ का जनताको आशीर्वादले जित हासिल गर्ने शर्माले विश्वास व्यक्त गरे । उनी अहिले घरदैलोमा केन्द्रित छन् । उनलाई धेरैले सद्भाव समेत दिएका छन् । शर्मा नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीतिमा लागेका थिए । कांग्रेसभित्र संगठनात्मक बल र जनाधार दुवै रहेको दाबी गर्ने शर्माको स्वतन्त्र उम्मेदवारीलाई कपिलवस्तुको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

व्यावसायिक जीवनमा समेत सशक्त पहिचान बनाएका शर्माले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमबीए अध्ययन पूरा गरेका छन् । १४ वर्षभन्दा बढी समय वित्तीय सेवा र व्यावसायिक क्षेत्रमा काम गरेका उनले चौधरी समूहको वित्तीय क्षेत्रमा वरिष्ठ महाप्रबन्धकको जिम्मेवारी समेत सम्हालिसकेका छन् । निजी क्षेत्रको नीति, व्यवस्थापन र आर्थिक अनुशासनमा उनको अनुभवलाई सुदृढ मानिन्छ । संस्थागत नेतृत्वको तहमा शर्मा उद्योग समिति, नेपाल चेम्बर अफ कमर्श तथा महासंघमा कार्यकारी सदस्यका रूपमा आबद्ध छन् । नेपाल व्यवस्थापन संघका सदस्य तथा विभिन्न कम्पनीका बोर्ड सदस्य र सञ्चालकको भूमिकामा उनले सुशासन र उत्तरदायी नेतृत्वको अभ्यास गरिसकेका छन् ।

कपिलवस्तु जिल्लालाई आफ्नो कर्मभूमि बनाएका शर्माले यहाँको कृषि र आर्थिक सम्भावनामा दीर्घकालीन लगानी पनि गरेका छन् । बुद्धभूमिमा २५ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको नेपालकै पहिलो परिमार्जित वातावरणयुक्त ‘एग्रीवस्तु कोल्ड स्टोर प्रालि’ का प्रबन्ध निर्देशकका रूपमा उनी कार्यरत छन् । शर्माको राजनीतिक उदयसँगै कपिलवस्तुमा पुस्तान्तरणको बहस सुरु भएको छ ।

युवाशक्ति र अनुभवको संयोजनमार्फत कपिलवस्तुको समृद्धि सम्भव छ भन्ने उनको दाबी छ । यही कारण कपिलवस्तुका धेरै युवाले उनलाई जेनजी पुस्ताको प्रतिनिधि पात्रका रूपमा हेर्न थालेका छन् । कपिलवस्तु–१ मा यो निर्वाचन केवल जितहारको प्रतिस्पर्धा मात्र नभइ पार्टीभित्रको निर्णय प्रक्रिया, पुस्तान्तरण र नयाँ नेतृत्वप्रतिको जनअपेक्षाको परीक्षणसमेत बन्न पुगेको छ । शर्माको स्वतन्त्र उम्मेदवारीले यो निर्वाचनलाई साधारण राजनीतिक प्रतिस्पर्धाबाट बाहिर निकालेर अर्थपूर्ण राजनीतिक सन्देश बोकेको चुनावमा रूपान्तरण गरिदिएको छ ।


प्रकाशित : २०८२ माघ १६, शुक्रबार २१:५७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech