लुदस, जीतपुर
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–५ सिमलखोर माइत भएकी शिवकला राष्ट्रिय जनमोर्चामा भोट दिँदा आफूलाई गर्व लाग्ने बताउँछिन्। चुनावी माहोल तातेका बेला केही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यकर्ताबीच चर्किएको बहसमा शिवकलाको तर्कले माहोल नै शान्त बनेको स्थानीयले बताएका छन्।
उनले तथाकथित ‘जेनजी आन्दोलन’ र देशको पछिल्लो राजनीतिक अवस्थालाई जोड्दै दुई ठूला दलको अहमता र कमजोर नेतृत्वका कारण जनअसन्तुष्टि बढेको टिप्पणी गरिन्। उक्त आन्दोलन कुनै नयाँ दल उत्पादन गर्ने उद्देश्यले नभएको उनको दाबी छ। “नयाँ भन्दैमा तत्काल विश्वास गरिहाल्ने अवस्था छैन,” उनले भनिन्, “पुराना दलहरूले भ्रष्टाचार चरम सीमामा पुर्याए, प्रदेश संरचनालाई राजनीतिक भर्ती केन्द्र बनाइयो, त्यसैले निराशा छाएको हो।”
रास्वपाले विगतमा प्रदेश खारेजीको मुद्दा उठाए पनि हाल चुनावी एजेन्डाबाट त्यसलाई ओझेलमा पारेको उनले आरोप लगाइन्। उनका भनाइ छेउमै बसेकी मिनालाई पनि मन पर्यो।
शिवकला यत्तिमै सीमित भइनन्। राष्ट्रिय जनमोर्चा पुरानो पार्टी भए पनि राष्ट्र र राष्ट्रियताको रक्षाका लागि निरन्तर संघर्षरत रहेको बताउँदै उनले भनिन्, “चुनाव जितोस् वा नजितोस्, आफ्नो एक–एक मतले राष्ट्रभाव बोलिरहन्छ, त्यसैले गर्व लाग्छ।”
बहसमा सहभागी केही व्यक्तिले “सानो पार्टीले जित्ला त?” भन्ने प्रश्न उठाए। त्यसको जवाफमा शिवकलाले भनिन्, “हिजो जितेका दलहरू कसरी भ्रष्टाचारमा लिप्त भए, अहिले मत परिवर्तनको कुरा गर्न थालिएको छ। नयाँप्रति के विश्वास? निरन्तर सबैको विश्वास जितेको पार्टी नै राष्ट्रिय जनमोर्चा हो।”
उनले अन्त्यमा दोहोर्याउँदै भनिन्, “गिलासमा मत हाल्दा पछुताउन पर्दैन। जिते देशको मुहार फेरिन्छ, हारे पनि मतले पिरोल्दैन। गिलासमा मत हाल्दा गर्व लाग्छ।” कपिलवस्तु क्षेत्र नं १ मा माधव भाट क्षेत्री २ मा लक्ष्मी भण्डारी र षेत्र नं ३ मा केर सिंह अदैै चुनावी संघर्षमा छन् । उनिहरुको निष्कलंक छवि र निरन्तर जनसेवा भाव र राष्टियताका मुद्धाका कारण चुवानी मावल तातेको छ ।




















