लुदस, जीतपुर
उद्योग व्यापार संघ कपिलवस्तुको टोली लुम्बिनीमा २ दिने कार्यशालामार्फत वार्षिक कार्ययोजना बनाउन व्यस्त छन् ।
कार्यशालामा आगामी दुई वर्षदेखि ५ वर्षसम्म गर्न सकिने योजनाहरु छनोटमा व्यस्त भएको संघका सल्लाहकाकार समिति सदस्य दिनेश पुनले बताउनुभयो ।
जसअनुसार ‘ राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औधौगिकिकरण र व्यापार विविधिकरण’’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै सदस्यता विस्तार, संरचनात्मक संगठन मजबुद बनाई सिप तथा क्षमता वृद्धि गर्ने विषयमा छलफल चलिरहेको छ ।
कार्यशालाले आगामी एक वर्षभित्र २ सय जना नयाँ सदस्यलाई संघमा आवद्ध गराउने, आजीवन सदस्यता विस्तार थप गर्ने, मानार्थ सदस्य समेत थप गर्ने विषय छलफलमा रहेको पुनले जानकारी दिनुभयोे । निष्क्रिय तथा पुराना सदस्यलाई सक्रिय बनाउन विशेष अभियान सञ्चालन गरिने विषय समेत प्रवेश गर्ने तयारी रहेको बताउनुभयो ।
त्यस्तै संघको भवन निर्माण, नयाँ प्रविधि तथा व्यवस्थापन अध्ययन, औद्योगिक/व्यवसायिक सीप विकास सम्वन्धी तालिम, जिल्ला तथा जिल्ला बाहिर हुने प्रर्दशनी सहभागीता तथा अवलोकन, तथा सरोकारवाला निकायहरुसँग भेटघाट तथा समन्वय गर्ने योजना रहेको बताईएको छ ।
त्यसै गरी संस्थागत क्रियाकलापमा सीप विकास तथा उद्यमशील तालिम/अभिमुखीकरण तालिम, भन्सार एकरुपताका तथा भन्सार नियमावली, आयात निर्यात, खुल्ला सिमाना सम्वन्धी अन्तरक्रिया राहत कोष स्थापना/ कल्याणकारी कोष स्थापना, आर्थिक पत्रकारिता पुरस्कारलाई निरन्तरता दिने तथा सामुहिक लगानीको अवधारणा कार्यान्वयन गर्ने योजनाका विषयमा पनी गहन छलफल हुने जनाईएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत समाजसँग संस्थाको सहकार्य संस्थाप्रति समाजको सकरात्मक छवि निर्माणलाई प्राथमिकता दिएर धरासायी तथा समस्याग्रस्त व्यवसायीको परिवारलाई सहयोग,, प्राकृतिक दैवी प्रकोपबाट प्रभावितहरु व्यवसायीलाई सहयोग, लगाएतका विषय पनी छलफलमा बाँकी रहेको कार्यक्रम संयोजक एवं उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष शंकर भाट क्षेत्रीले बताउनुभयो ।कार्यक्रमको सहजिकरण केन्द्रिय महासचिव खिमनारायण पराजुली र सल्लाहकार अर्जुन पोख्रेलले गरिरहनुभएको छ ।


















