दाङ । लुम्बिनी सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । एमाले र नेकपाबीच भएको सहमति पश्चात कांग्रेसले आजै सरकारमाथिको समर्थन फिर्ता लिएर राजीनामा दिन लागेको हो ।
यहाँ कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा), आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार छन् ।
मन्त्री राणाले आजै राजीनामा दिने र समर्थन फिर्ता लिने तयारी भएको बताए ।




















