ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

लुम्बिनी दर्पण २०८३ भाद्र २८, आईतवार १४:३६

 

लुदस, जीतपुर

पशुपन्छी तथा दानाजन्य उत्पादनमा लामो समयदेखि आफ्नो पहिचान बनाउँदै आएको श्रीनगर पब्लिक कम्पनीले उपभोक्ताको स्वास्थ्यलाई केन्द्रमा राख्दै कपिलवस्तुको बाणगंगा नगरपालिका–४ जितपुरमा आधुनिक स्मार्ट फ्रेस हाउस सञ्चालनमा ल्याएको छ ।

स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोक्तासम्म पुर्‍याउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको फ्रेस हाउसको एक कार्यक्रमका बीच बाणगंगा नगरपालिका पशु शाखाका प्रमुख ध्रुव ज्ञवालीले उद्घाटन गर्नुभयो ।

फ्रेस हाउस उद्घाटन गर्दै ज्ञवालीले सरकारले पशु वध तथा मासु बिक्री वितरणसँग सम्बन्धित मापदण्ड र वधशाला सञ्चालन कार्यविधिलाई कडाइका साथ कार्यान्वयन गर्न थालेको बताउनुभयो । उहाँका अनुसार बाणगंगा नगरपालिकामा पनि आगामी माघ महिनादेखि उक्त व्यवस्था प्रभावकारी रूपमा लागू गर्ने तयारी भइरहेको छ ।
त्यसैगरि नगरका पशुशाखा का डा. यमलाल पोख्रेलले समेत यस प्रकारका फ्रेस हाउसहरुलाई राज्यले अथवा नगरपालिकाले समेत सर्पोट गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँले उपभोक्तालाई स्वस्थकर र स्वच्छ मासु उपलब्ध गराउन फ्रेस हाउसलाई निर्धारित मापदण्डअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। “स्वस्थकर मासु उपभोग गर्ने वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता हो,” उहाँले भन्नुभयो, “फ्रेस हाउसलाई मापदण्डमा ल्याउने अभियानको सुरुवात श्रीनगरले गरेको छ।”
बजारमा मासु बिक्री हुने तर त्यसको उत्पादन, प्रशोधन, सरसफाइ र भण्डारणको अवस्थाबारे उपभोक्ता अनभिज्ञ रहने गरेको अवस्थामा आधुनिक फ्रेस हाउसको अवधारणाले उपभोक्ताको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

‘किसानको बालीदेखि उपभोक्ताको थालीसम्म’

श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडका टेक्निकल हेड  डा. गिरीराज खनालले कम्पनीले ‘किसानको बालीदेखि उपभोक्ताको थालीसम्म’ भन्ने अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यले स्मार्ट फ्रेस हाउस सञ्चालनमा ल्याएको बताउनुभयो ।

उहाँका अनुसार कम्पनीले आफ्नै उत्पादनलाई व्यवस्थित रूपमा उपभोक्तासम्म पुर्‍याउने योजनाअन्तर्गत फ्रेस हाउस सञ्चालनमा ल्याएको हो । फ्रेस हाउसमा सरकारी मापदण्डअनुसार स्वस्थकर मासु बिक्रीका लागि आवश्यक व्यवस्थाहरू सुनिश्चित गरिएको उहाँले जानकारी दिनुभयो ।

“किसानले उत्पादन गरेको वस्तु गुणस्तरीय रूपमा उपभोक्ताको भान्सासम्म पुर्‍याउनु हाम्रो मुख्य उद्देश्य हो,” खनालले भन्नुभयो, “उत्पादनदेखि बिक्रीसम्म स्वच्छता र गुणस्तरलाई प्राथमिकतामा राखेका छौँ ।”

फ्रेस हाउसमा उपभोक्ताको मागअनुसार कुखुराको विभिन्न ‘बडी पार्ट’ उपलब्ध हुने व्यवस्था मिलाइएको छ। यसले उपभोक्तालाई आफूलाई आवश्यक पर्ने मासुको भाग छनोट गर्न सहज हुने कम्पनीले जनाएको छ।

२४ वर्ष अघि श्रीनगरको व्यवसायिक यात्रा भने केही सामान्य पोल्ट्री फार्मबाट सुरु भएको हो । दुई–चार हजार कुखुरा पालेर सुरु भएको व्यवसाय अहिले पश्चिम नेपालमै पोल्ट्री तथा फिड क्षेत्रमा स्थापित ब्रान्डका रूपमा अघि बढेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार अहिले पाँच हजारभन्दा बढी कृषक, व्यवसायी तथा उद्यमी श्रीनगरसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन्। कम्पनीको विस्तारसँगै श्रीनगरको व्यवसायिक यात्रा हजारौँ कृषकको रोजगारी र आम्दानीसँग समेत जोडिएको छ।

फार्म तथा पशुपालन र फिडजन्य उत्पादनमा विश्वासिलो ब्रान्डको रूपमा स्थापित भएपछि कम्पनीले आफ्नो उत्पादनलाई उपभोक्तासम्म प्रत्यक्ष रूपमा पुर्‍याउने योजनालाई अगाडि बढाएको हो।

श्रीनगरले रूपन्देहीको सुद्धोधन नगरपालिका–४ मा पौने दुई बिघा क्षेत्रफलमा दाना उद्योग सञ्चालन गरिरहेको छ। त्यही क्षेत्रमा पौने तीन बिघामा ह्याचरी तथा फार्म र अर्को पौने चार बिघा क्षेत्रफलमा व्यावसायिक फार्म सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।
त्यस्तै पाल्पाको तेल्घामा २३ रोपनी क्षेत्रफलमा ब्रिडर फार्म सञ्चालनमा रहेको छ। बुटवलमा मासु प्रशोधन उद्योगसहित खाद्य क्षेत्रमा समेत नयाँ योजनाका साथ कम्पनी अगाडि बढिरहेको बताइएको छ।

पश्चिम नेपालमा पोल्ट्री क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल श्रीनगरले अब उत्पादनमा मात्र सीमित नभई उपभोक्तासम्म प्रत्यक्ष पहुँच विस्तार गर्न थालेको छ।


प्रकाशित : २०८३ भाद्र २८, आईतवार १४:३६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech