नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो, वीरगञ्जमा थप २ जनामा संक्रमण

लुदअ १४ वैशाख, वीरगञ्ज
वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण भएको पुष्टि भएको छ ।

वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ ।

स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारीमा संक्रमित पाइएको हो ।

अर्को संक्रमित सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएका पुरुष हुन् । उनलाई सम्भावित संक्रमितका रुपमा क्वारेन्टाइनमा राखिएको थियो ।

संक्रमणको पुष्टि भएपछि दुबैलाई नारायणी अस्पताल भर्ना गरिएको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *