२ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक सर्यो

[sharethis-inline-buttons]

लुदअ बैशाख १४, काठमाण्डौ
दिउँसो दुई बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक सरेको छ ।

बैठक बेलुका ५ बजेसम्मका लागि सारिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । आजको बैठकले लकडाउनका बारेमा निर्णय गर्ने सम्भावना छ ।

लकडाउन लम्ब्याउने सरकारको तयारी छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन लकडाउन नै उपयुक्त विधि भएकाले अझै कम्तीमा एक हप्ता लकडाउन लम्ब्याउने तयारी गरेको हो । तर, लकडाउन अहिलेको भन्दा केही खुकुलो बनाउने कि कडाइ गरेरै लम्ब्याउने भन्नेबारेमा छलफल पछि निर्णय हुनेछ ।


प्रकाशित : २०७७ बैशाख १४, आईतवार ०९:२४