नेपालमा कोरोना निको भएर फर्किनेको संख्या १६ पुग्यो, ३५ जना उपचाररत

[sharethis-inline-buttons]

लुदअ १४ वैशाख, काठमाडौं
थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित आइतबार निको भएर घर फर्किएका हुन् ।

डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरु चौथो र पाँचौ रिपोर्ट नेगेटिभ आएपछि अस्पताल भर्ना भएको १५‍‍औं दिनमा डिस्चार्ज भएका हुन् । योसँगै नेपालमा कोरोना निको हुने बिरामीको संख्या १६ पुगेको छ ।

हालसम्म नेपालमा ५१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । त्समध्ये ३५ जना उपचाररत छन् भने १६ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।


प्रकाशित : २०७७ बैशाख १४, आईतवार ११:५०