लकडाउन वैशाख २५ सम्म लम्ब्याउने सरकारको निर्णय

[sharethis-inline-buttons]

१४ वैशाख, काठमाडौं
सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो ।

कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।


प्रकाशित : २०७७ बैशाख १४, आईतवार १३:३३