प्रदेश ५ का पहिलो कोरोना संक्रमित वैशाख ५ मा भारतबाट आएका थिए

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ १९ वैशाख, बुटवल
कोरोना भाइरस कोभिड–१९ को संक्रमण देखिएका रुपन्देहीका युवक वैशाख ५ गते भारतबाट आएको पाइएको छ ।

कोटहीमाई गाउँपालिका वडा नंं। १ का २५ वर्षीय युवक लकडाउनको समयमा भारतबाट घर आएका थिए । तर उनका दाजुले भारतीय सीमा क्षेत्रबाट घर नलगी क्वारेन्टाइन स्थलमा पुर्‍याएका थिए ।

उनलाई मर्चवार आदर्श वहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले जानकारी दिए । क्वारेन्टाइनमा बसेका १० जनामध्ये उनमा कोभिड–१९ पोजेटिभ देखिएपछि शुक्रबार बुटवलको कोरोना विशेष अस्थायी अस्पताल ल्याइएको छ ।

उनको अवस्था सामान्य रहेको अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले बताए ।

उनको परिवारमा दाइसहित ८ जना छन् । उनीहरु सबैलाई स्वास्थ्यकर्मीहरुको निगरानीमा राखेर स्वास्थ्य जांच गर्ने तयारी भइरहेको प्रदेश जनस्वास्थ्य निर्देशनालयका प्रमुख डा. राजेन्द्र गिरीले बताए ।


प्रकाशित : २०७७ बैशाख १९, शुक्रबार १०:२७