बाघमारा बहुउद्देश्यीय सहकरीद्धारा वार्षिकोत्सवमा वृद्धवृद्धालाई सम्मान

ByLumbini Darpan Online

२० बैशाख २०७७, शनिबार १२:०२ २० बैशाख २०७७, शनिबार १२:०२ २० बैशाख २०७७, शनिबार १२:०२

थानेश्वर अधिकारी पोखरा, बैशाख २०

बाघमारा बहुउद्देश्यीय सहकरीको संस्था लिमिटिेड पोखरा ३३भरतपोखरी भगबतीचौताराले संस्था स्थापनाको ८ औँ वार्षिकोत्सव भव्य रुपमा शनिबार मनाएको छ । पोखरा १७ सितापाईलास्थित पोखरा बृद्दाश्रममा खाधन्न, फलफूल र हरियो तरकारी बितरण गरि बाषिँकोत्सब मनाईएको को अपरेटिभ प्रेसिेन्टस सोसाइटी कोप्सका अध्यक्ष समेत रहेका संस्थाका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्यले बाघमारा सहकारीले बित्तिय कारोबारका साथै सामाजिक उत्तरदायित्वको सबालमा उदारणीय कार्य गरेकोमा खुसी ब्यक्त गदैँ संस्थाले गरेको सामाजिक तथा मानबिय सेबाको मक्तकण्ठले प्रशंसा गरे।

बिशेश अतिथि जिल्ला बचत संघ कास्कीका अध्यक्ष भेषराज बराल कोरोना भाईरस कोभिड १९ संकटबाट सहकारीको तरलता ब्यबस्थापनमा जोखिम रहेको सहकारी संचालनमा पनि आर्थिक कारोबारको गतिविधिमा समेत प्रभाब देखिएता पनि बिपदको समयमा शेयर सदस्य केन्द्रीकृत लाभका कार्यक्रम संचालन र समाजिक दायित्व बहन गदैँ बिपदकोबेला उच्च समस्य ग्रस्त र जोखिम रहेका क्षेत्र बृदाश्रममा संस्थाले गरेको खाद्यान्न फलफुल एवम् तरकारी अत्यावश्यक सामाग्री बितरणले केही हदसम्म भएपनि बृद्दाबृद्दको जिबनमा सहज भएको कुरा औँल्याउँदै अरू सहकारीहरूले यस्तै कायँको अनुशरण गर्न आग्रह गरे।

बिशेषत लकडाउनका कारण आश्रममा हरियो तरकतरकारी, फलफुल, साबुन, मन्जन, आलु, प्याज, दूध दाल, सेनेटरि आईटमहरुको अभाव भएपछि सोको परिपुर्ति गर्न संस्थाले एक कार्यक्रम गरि जिन्सी सामान हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

उक्त कार्यक्रममा संस्थाका सचिब नन्दलाल काफ्ले, लेखा समिति संयोजक तुलसिमणि अधिकारी, शिक्षा समिति संयोजक प्रकाश अधिकारी, कोषाध्यक्ष बेल बहादुर कार्की, ब्यबस्थापक लक्ष्मी लामिछाने अधिकारीले आफ्फ्नो मन्तब्य राखेका थिए ।
संस्थाका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षता रहेको कार्यक्रम सचिब नन्दलाल काफ्लेको संचालनमा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *