Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन्...

टोकियो ओलम्पिकमा गौरिकाले तोडिन् आफ्नै रेकर्ड

लुदस ,काठमाडौं , साउन १३ जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडि खेलाडी गौरिका सिंहले राष्ट्रिय...

नगरकै नमुना सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने

हरि आचार्य, रुपन्देही रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको नगरपालिकाकै नमुना विद्यालय सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने...

आज ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

  लुदस, काठमाडौ,साउन १३ पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि हुदा १...

आजको सेयर बजार

काठमाण्डौ ,साउन १३ सेयर बजार कारोबार मापक नेप्से आज उच्च विन्दुले उकालो लागेको छ । आज नेप्से परिसूचक...

Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन् । नेपालसँग बुधबार भएको छलफलमा सांसदहरूले सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका हुन् । तर, नेपालले भने सांसदको कुरा सुने पनि कुनै...

कोरोना भाईरसबाट सचेत रहन अनेरास्ववियू कपिलवस्तुको अपिल

हरि आचार्य कपिलवस्तु, चैत्र ८

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को क्रियाशिल विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) कपिलवस्तुले कोरोना भाईरसबाट सचेत रहन सबैलाई हार्दिक अपिल गरेको छ । अनेरास्ववियु कपिलवस्तुले कोरोना भाईरस अर्थात कोभिड १९ का लागि भारत सँग सीमा जोडिएका नाकाहरुमा आवतजावतमा रोक लगाउने, औषधि र अत्यावश्यक बाहेकका सबै आवतजावत बन्द गर्न माग गरेका छन् ।

उपचार संक्रमण देखिएको अवस्थामा उपचारमा प्रयाप्त तयारी गर्नका लागि पनि विद्यार्थी संघ संगठनहरुले माग पनि गरेका छन् । धेरै भिडभाड हुने ठाउँहरु, अस्पताल, सार्वजनिक यातायात, बैँक, मन्दिर, मस्जिद, गुम्बा, चर्च, पार्क, व्यापारिक केन्द्र, उद्योग लगाएतका स्थानमा सचेतना अपनाउन पनि अनुरोध गरिएको छ ।

त्यस्तै कोरोनाको डर त्रास फैलाई बजारमा कृत्रिम अभाव सिर्जना नगर्न तथा कालोबजारी नगर्न पनि आह्वान गरेको छ । जिल्लाबासी विद्यार्थी, शिक्षक कर्मचारी लगाएत सम्पूर्ण आम जनतालाई सेल्फ क्वारेनटाइनमा रहनका लागि पनि अनुरोध गरीएको विद्यार्थी संगठनहरुद्धारा जारी गरीएको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।

अनेरास्ववियूका जिल्ला संयोजक बाबुराम अर्याल र सह–संयोजक दयाराम पौडेलको हस्ताक्षर सहित ज्ञापन पत्रमा कोरोना विरुद्ध सबै नागरिक सँगै सरोकारवाला पक्ष सजगताका उपाय सहित संयमित हुनुपर्नेमा पनि जोड दिईएको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *