सियारी वडा नम्बर ६ कमिटी अध्यक्षमा घिमिरे

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

तुलसीराम पौडेल, सियारी

रुपन्देहीको सियारी गाउपालिका वडा नम्बर ६ मा सम्पन्न युवाहरूको भेलाले रास्टिय युवा संघ नेपाल सियारी गाउपालिका वडा नम्बर ६ कमिटी सर्वसम्मत रूपमा गठन भएको छ जसको अध्यक्षमा सुरज घिमिरे रहनु भएको छ। त्यसै गरी उपाध्यक्षमा सन्तोष रिजाल , सचीवमा बिजय सुवेदी , कोषाध्यक्षमा अशोक शर्मा ,सह सचीवमा बिन्जु गौतम र लालबहादुर सुवेदी रहेका छन् भने सदस्यहरुमा मन बहादुर गुरुङ ,बिकास राना ,सुनिल गुरुङ ,विनोद खनाल ,दिनेश रिजाल रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं रास्टिय युवा संघ नेपाल लुम्बिनी प्रदेश सचिव राजेन्द्र कंडेलले नव गठित रास्टिय युवा संघ नेपाल सियारी वडा नम्बर ६ का पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको थियोे । नेकपा एमाले वडा कमिटी उपाध्यक्ष कमला सापकोटाको अध्यक्षता र रास्टिय युवा संघ नेपाल लुम्बिनी प्रदेश सचिव राजेन्द्र कंडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

प्रकाश रेग्मिको सन्चालनमा सम्पन्न कार्यक्रममा युवा परिषद लुम्बिनी प्रदेश युवा संजालका अध्यक्ष मनोज भण्डारी र नेकपा एमाले पुर्व जिल्ला कमिटी सदस्य खेमराज गुरुङले शुभकामना मन्तव्य दिनुभएको थियोे ।


प्रकाशित : २०७८ माघ १६, आईतवार १७:२४