कपिलवस्तुका २९ जना कोरोना संक्रमित मध्ये १ जना स्वास्थ्यकर्मी

लुदअ कपिलवस्तु, बैशाख ३०

कपिलवस्तुमा कोरोना संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी भएको खुलेको छ ।

स्वास्थ्य मन्त्रालयको कोरोना रिर्पोटमा नगरपालिका वडा नं. १ को २५ बर्षीय यूवती संक्रमित भनिएको छ । ति यूवती स्वास्थ्यकर्मी भएको र उनि कपिलवस्तु अस्पताल तौलिहवाकी स्टार्फ नर्स भएको बताइन्छ ।

आज कपिलवस्तुमा कोभिड १९ थप ८ जना पोजेटिभ पुष्टि भएका कपिलवस्तु नगरपालिका वडा नंं. ६ का १९ बर्षिय पुरुष १ जना, वडा नंं. ४ का २५ बर्षिय पुरुष १ जना, वडा नंं. ५ का ३६ बर्षिय पुरुष, वडा नंं. ३ ३२ बर्षिय पुरुष १, वडा नंं. ७ १९ बर्षिय पुरुष, वडा नंं. ३ का २० बर्षिय पुरुष, वडा नंं. ८ का २५ बर्षिय पुरुष, वडा नंं. १ २५ बर्षिय महिला हुन् ।

उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको र थप उपचारका लागि बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पताल पठाउने तयारी हुदैछ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *