लुदअ कपिलवस्तु, ३० वैशाख
कपिलवस्तु जिल्लामा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस संगै कपिलबस्तुमा संक्रमितको संख्या २९ पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज भेटिएका आठै जना कपिलबस्तु नगरपालिकाका हुन्।
उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको र थप उपचारका लागि बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पताल पठाउने तयारी हुदैछ।
कपिलवस्तु जिल्लामा मंगलबार मात्रै ८ जनामा कोरोना संक्रमण देखिएपछि जिल्ला थप संवेदनशील बन्दै गएको छ । जिल्लाको यशोधरा गाँउपालिका वडा नं ५ का ८ र वडा नं ८ का ४ जना, बुद्धभुमि नगरपालिका वडा नं ७ का ३, वडा नं १० का १ जना रहेका थिए । त्यस्तै मायादेवी गाउंपालिकामा ४ जना र शुद्धोधन गाउंपालिकामा १ जनामा कोरोना भाईरसको संक्रमण देखिएको थियो।
जिल्लामा संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ। जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई शिल गर्ने निर्णय गरेको हो।