निको भए रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक

[sharethis-inline-buttons]

लुदअ ३० वैशाख, बुटवल
रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक निको भएका छन् ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नंं. १ का २५ वर्षका युवक वैशाख १९ गतेदेखि बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा उपचाररत थिए ।

गत शुक्रबार र सोमबारको रिपोर्ट नेगेटिभ आएपछि उनलाई मंगलबार ९आज० नै डिस्चार्ज गर्न लागिएको अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले बताए । उनी गएको वैशाख ५ गते भारतको मुम्बईबाट मर्चवारको ठोठरी नाका हुंदै नेपाल प्रवेश गरेका थिए ।

उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिए पनि कोरोनाको कुनै लक्षण नदेखिएको डा। थापाले बताए । उनी अस्पतालमा रहँदा स्वस्थ व्यक्ति सरह गीतमा नाचेर दिने बिताउने गरेका थिए ।

घर गएपछि पनि उनी एकहप्ता होम आइसोलेसनमा बस्नुपर्नेछ ।


प्रकाशित : २०७७ बैशाख ३०, मंगलवार १४:०६