त्रिवि शिक्षण अस्पतालका १ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

[sharethis-inline-buttons]

लुदअ जेठ ३, काठमाडौं
त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पतालका एकजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। न्यूरो वार्डमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको हो। ती स्वास्थ्यकर्मी तीनदिन अघि कपिलवस्तुकी ६ वर्षीया संक्रमित बालिकाको उपचारमा खटिएको बताइएको छ। तर शिक्षण अस्पतालले भने यो सूचनालाई लुकाउने प्रयास गरेको छ।

अहिलेसम्म डाक्टर, नर्स या अन्य स्वास्थ्यकर्मी कसलाई कोरोना भएको भन्‍ने पुष्टि गरिएको छैन। स्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ सार्वजनिक गरेको ९ जना संक्रमितको विवरणमा दाङको तुलसीपुर उपमहानरपालिका ७ का निवासी पुरुषलाई कोरोना पोजेटिभ देखिएको उल्लेख गरिएको थियो।


प्रकाशित : २०७७ जेष्ठ ३, शनिबार ०८:०९