धौलागिरी लघुवित्त मञ्झरियाद्धारा नगरपालिकालाई सहयोग हस्तान्तरण

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, थानेश्वर अधिकारी

अहिले देशभर फैलिरहेको कोरोना भाइरस ( कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागी बैंक तथा बित्तिय संस्थाहरुले प्रत्यक्ष रुपमा सहयोग पुरयाउदै आइरहेका छन् । यसै सन्दर्भमा आज धौलागिरी लघुबित्त बित्तीय संस्था शाखा कार्यालय मञ्झरिया नवलपरासीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि रामग्राम नगरपालिकाको प्रमुख श्री नरेन्द्र कुमार गुप्ता लाई धौलागिरी लघुवित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय मञ्झरियाका शाखा प्रमुख राजेश थारूबाट रु.१०,०००। को चेक रकम हस्तान्तरण गरेका छन् ।

बागलुङ्गमा केन्द्रिय कार्यालय रहेको राष्ट्रिय स्तरको मान्यता प्राप्त धौलागिरी लघुबित्त बित्तीय संस्थाका बिभिन्न जिल्लामा गरी छत्तिस वटा शाखा कार्यालय रहेका छन् ति सबै सबै शाखाबाट कोरोना कोषमा सहयोग रकम हस्तान्तरण गर्न केन्द्रको परिपत्र अनुसार सो रकम हस्तान्तरण गरेको शाखा प्रमुख थारुले बताए ।


प्रकाशित : २०७७ जेष्ठ ४, आईतवार १३:०६