
लुदअ ४ जेठ, काठमाडौं
सरकारले स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, आवागमनका क्रममा दुर्व्यवहार गर्नेजस्ता गतिविधि नगर्न आग्रह गरेको छ ।
कोरोना संक्रमणविरुद्ध सतर्कता अपनाएको नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्याउने, घरभाडामा बसिरहेकालाई निकाल्ने गरेको भन्दै गृह मन्त्रालयले त्यसो गरेमा कारबाही गर्ने चेतावनी दिएको छ ।
‘विश्वव्यापी महामारीका विरुद्ध लड्नको लागि हामी सवैले सामूहिक प्रयास गर्नुपर्नेमा एक आपसमा नै निषेधको बाटो अपनाउनु निश्चय पनि राम्रो होइन’ गृह मन्त्रालयले भनेको छ ।
मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरी अवाञ्छित गतिविधि कुनैपनि निकाय वा व्यक्तिहरुबाट नगर्न र नगराउन अनुरोध गरेका छन् ।
‘मन्त्रालयको अनुरोधको बेवास्ता वा अटेरी गरी अवाञ्छित क्रियाकलापमा संलग्न कुनै पनि व्यक्तिहरुलाई प्रचलित कानून बमोजिम हदैसम्मको सजाय हुने व्यहोरासमेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ ।

