गुल्मीमा पनि देखियो कोरोना, संक्रमितको संख्या ३ सय ५७ पुग्यो

ByLumbini Darpan Online

५ जेष्ठ २०७७, सोमबार १२:२३ ५ जेष्ठ २०७७, सोमबार १२:२३ ५ जेष्ठ २०७७, सोमबार १२:२३

लुदअ ५ जेठ, काठमाडौं
सोमबार एकैपटक ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३ सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । र, संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् ।
त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १र१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए । उनीहरुको स्थायी ठेगाना र हालको ठेगानामा कन्ट्याक ट्रेसिङ सुरु गरिसकिएको उनले बताए ।
गुल्मीका संक्रमित व्यक्ति मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहका हुन् । उनी केही दिनअघि मात्र निमोनियाको समस्या देखिएपछि उपचारका लागि बुटवल गएका गाउँपालिका अध्यक्ष दानबहादुर केसीले जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *