ताजा अपडेट

किन विश्व अमेरिकालाई ‘खलनायक’ मान्दैछ, चीनको पक्षमा बढ्दै जनलहर?

तिलोत्तमामा एउटै घरमा भेटिए २३ वटा विषालु सर्प, सबैको उद्धार

डेंगी परीक्षणको शुल्क निर्धारण गर्नुपर्नेमा मन्त्री पौडेलको जोड

रुपन्देहीको शुद्धोदन गाउँपालिकाको बजेट पारित, कुल बजेट ७९ करोड २४ लाख

रहस्यमय घटना: भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीभित्र बालिका कसरी खसिन्?

मिडिया हाउसको दुरुपयोग: बाँके, सुर्खेत र जाजरकोटमा नक्कली नोट र लागुऔषध कारोबारको जालो

भारतबाट आएको ट्रक मुग्लिन सडकबाट ८० मिटर तल खस्यो

अपहरणमा परि सामुहिक बलात्कार भएको र न्याय नपाएको भन्दै शुद्धोधनकी महिला मिडियामा

ऊर्जामन्त्री खड्काको जनार्दनलाई प्रश्न: १२ वर्षमा के प्रगति भयो?

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कोरोना : संक्रमित ४ सय २, ३७ जना निको, यस्तो छ ७ वटै प्रदेशको अवस्था

लुम्बिनी दर्पण २०७७ जेष्ठ ७, बुधबार ०१:२१
[sharethis-inline-buttons]

लुदअ जेठ ७, काठमाण्डौ

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चार सय नाघेको छ । मङ्गलबार पछिल्लो रिपोर्ट अनुसार उपत्यकामा पाँच जनासहित थप २७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार काठमाण्डौमा तीन जना, ललितपुर र भक्तपुरमा एक एक जनामा कोरोना पुष्टि भएको हो । यस्तै झापामा नौ, कपिलवस्तुमा चार, सलार्हीमा दुई, मोरङ, सुनसरी, मकवानपुर, रामेछाप, लमजुङ, सिन्धुली र नवलपरासीमा एक–एक गरी जम्मा २७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए ।

आज २४ जना पुरुष र तीन जना महिलामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा चार सय दुई जनामा कोरोना पुष्टि भएको छ । उनीहरु सबैको परीक्षणमा आएका व्यक्तिको खोजी सुरु भएको पनि प्रवक्ता देवकोटाको भनाइ छ । ललितपुर र सिन्धुलीमा एक एक जना थपिएसँगै सङ्क्रमित भएका जिल्लाको सङ्ख्या ३८ पुगेको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश ५ मा एक सय ७६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रदेश २ मा एक सय ३६ जना, प्रदेश १ मा ५४ जना, वाग्मती प्रदेशमा २७ जना, सुदूरपश्चिम प्रदेशमा पाँच जना, गण्डकी प्रदेशमा चार जना र कर्णाली प्रदेशमा एक जना गरी चार सय दुई जनामा कोरोना पुष्टि भएको हो । दुई जनाको ज्यान गएको छ भने ३७ जना निको भएका छन् ।

गएको २४ घण्टामा दुई हजार दुई सय ४० सहित अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सय चार जनाको नमुना परीक्षण गरिएको छ । यस्तै गएको २४ घण्टामा पाँच हजार ८९ सहित अहिलेसम्म ७४ हजार ६ सय ४९ वटा आरडीटी परीक्षण भएका छन् ।

प्रवक्ता देवकोटाका अनुसार प्रदेश नम्बर १ मा नौ हजार चार सय ७३, प्रदेश नम्बर २ मा नौ हजार दुई सय १६, वाग्मती प्रदेशमा १३ हजार एक सय ९७ र गण्डकी प्रदेशमा ६ हजार नौ सय ५७ जनाको आरडीटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा नौ हजार तीन सय ५३, कर्णाली प्रदेशमा सात हजार पाँच सय ९३ र सुदूरपश्चिम प्रदेशमा १८ हजार आठ सय ७० जनाको आरडीटी परीक्षण भएको छ ।

उपत्यकामा १७ र बाहिर चार सय ४० जना गरी ४ सय ५७ जना आइसोलेशनमा रहेका छन् । प्रदेश नम्बर १ मा ४०, प्रदेश नम्बर २ मा एक सय ३७ र वाग्मती प्रदेशमा ७८ ९उपत्यका १७ सहित० जना आइसोलेशनमा रहेका छन् । गण्डकी प्रदेशमा २, प्रदेश ५ मा एक सय ८८, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिममा ११ जना आइसोलेशनमा रहेका छन् ।

देशभरिका क्वरेण्टीनमा २१ हजार ६ सय २३ जना रहेका छन् । प्रदेश नम्बर १ मा एक हजार एक सय ७८, प्रदेश नम्बर २ मा तीन हजार चार सय ८१, वाग्मती प्रदेशमा तीन सय ३२ र गण्डकीमा तीन सय ५९ जना क्वरेण्टीनमा रहेका छन् । प्रदेश नम्बर ५ मा १३ हजार ६ सय ३८, कर्णाली प्रदेशमा ६ सय ९९ र सुदूरपश्चिम प्रदेशमा एक हजार नौ सय ३६ जना क्वरेण्टीनमा रहेका छन् ।

अब कोरोनाको लक्षण नदेखिए पनि शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने भएको छ । स्वइच्छाले पीसीआर परीक्षण गर्न चाहाने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दरमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको प्रवक्ता देवकोटाले बताए । सरकारले प्रदेश नम्बर २ र ५ का प्रभावित क्षेत्रलाई केन्द्रित गरी कम्तीमा १०र१० जना चिकित्सको टोली खटाउने निर्णय पनि गरेको छ ।


प्रकाशित : २०७७ जेष्ठ ७, बुधबार ०१:२१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अपहरणमा परि सामुहिक बलात्कार भएको र न्याय नपाएको भन्दै शुद्धोधनकी महिला मिडियामा
  • भानु जयन्तीको अवसरमा बाणगंगा प्रज्ञा प्रतिष्ठानद्वारा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न
  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
प्रतिक्रिया

यो पनि पढौँ

किन विश्व अमेरिकालाई ‘खलनायक’ मान्दैछ, चीनको पक्षमा बढ्दै जनलहर?

तिलोत्तमामा एउटै घरमा भेटिए २३ वटा विषालु सर्प, सबैको उद्धार

डेंगी परीक्षणको शुल्क निर्धारण गर्नुपर्नेमा मन्त्री पौडेलको जोड

रुपन्देहीको शुद्धोदन गाउँपालिकाको बजेट पारित, कुल बजेट ७९ करोड २४ लाख

रहस्यमय घटना: भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीभित्र बालिका कसरी खसिन्?

मिडिया हाउसको दुरुपयोग: बाँके, सुर्खेत र जाजरकोटमा नक्कली नोट र लागुऔषध कारोबारको जालो

भारतबाट आएको ट्रक मुग्लिन सडकबाट ८० मिटर तल खस्यो

अपहरणमा परि सामुहिक बलात्कार भएको र न्याय नपाएको भन्दै शुद्धोधनकी महिला मिडियामा

ऊर्जामन्त्री खड्काको जनार्दनलाई प्रश्न: १२ वर्षमा के प्रगति भयो?

देउवाका अनुसार, लोडसेडिङ हटाउन र निजी लगानीका लागि कांग्रेसको भूमिका अहम्

गुप्ताको राजीनामालगत्तै भावुक स्टाटस: ‘नखाएको विष पनि लाग्ने रहेछ’

अमेरिकामा भएको सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु

भर्खरै

  • किन विश्व अमेरिकालाई ‘खलनायक’ मान्दैछ, चीनको पक्षमा बढ्दै जनलहर?

  • तिलोत्तमामा एउटै घरमा भेटिए २३ वटा विषालु सर्प, सबैको उद्धार

  • डेंगी परीक्षणको शुल्क निर्धारण गर्नुपर्नेमा मन्त्री पौडेलको जोड

  • रुपन्देहीको शुद्धोदन गाउँपालिकाको बजेट पारित, कुल बजेट ७९ करोड २४ लाख

  • रहस्यमय घटना: भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीभित्र बालिका कसरी खसिन्?

  • मिडिया हाउसको दुरुपयोग: बाँके, सुर्खेत र जाजरकोटमा नक्कली नोट र लागुऔषध कारोबारको जालो

  • भारतबाट आएको ट्रक मुग्लिन सडकबाट ८० मिटर तल खस्यो

  • अपहरणमा परि सामुहिक बलात्कार भएको र न्याय नपाएको भन्दै शुद्धोधनकी महिला मिडियामा

  • ऊर्जामन्त्री खड्काको जनार्दनलाई प्रश्न: १२ वर्षमा के प्रगति भयो?

  • देउवाका अनुसार, लोडसेडिङ हटाउन र निजी लगानीका लागि कांग्रेसको भूमिका अहम्


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech