ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

कोरोना : संक्रमित ४ सय २, ३७ जना निको, यस्तो छ ७ वटै प्रदेशको अवस्था

लुम्बिनी दर्पण २०७७ जेष्ठ ७, बुधबार ०१:२१
[sharethis-inline-buttons]

लुदअ जेठ ७, काठमाण्डौ

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चार सय नाघेको छ । मङ्गलबार पछिल्लो रिपोर्ट अनुसार उपत्यकामा पाँच जनासहित थप २७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार काठमाण्डौमा तीन जना, ललितपुर र भक्तपुरमा एक एक जनामा कोरोना पुष्टि भएको हो । यस्तै झापामा नौ, कपिलवस्तुमा चार, सलार्हीमा दुई, मोरङ, सुनसरी, मकवानपुर, रामेछाप, लमजुङ, सिन्धुली र नवलपरासीमा एक–एक गरी जम्मा २७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए ।

आज २४ जना पुरुष र तीन जना महिलामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा चार सय दुई जनामा कोरोना पुष्टि भएको छ । उनीहरु सबैको परीक्षणमा आएका व्यक्तिको खोजी सुरु भएको पनि प्रवक्ता देवकोटाको भनाइ छ । ललितपुर र सिन्धुलीमा एक एक जना थपिएसँगै सङ्क्रमित भएका जिल्लाको सङ्ख्या ३८ पुगेको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश ५ मा एक सय ७६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रदेश २ मा एक सय ३६ जना, प्रदेश १ मा ५४ जना, वाग्मती प्रदेशमा २७ जना, सुदूरपश्चिम प्रदेशमा पाँच जना, गण्डकी प्रदेशमा चार जना र कर्णाली प्रदेशमा एक जना गरी चार सय दुई जनामा कोरोना पुष्टि भएको हो । दुई जनाको ज्यान गएको छ भने ३७ जना निको भएका छन् ।

गएको २४ घण्टामा दुई हजार दुई सय ४० सहित अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सय चार जनाको नमुना परीक्षण गरिएको छ । यस्तै गएको २४ घण्टामा पाँच हजार ८९ सहित अहिलेसम्म ७४ हजार ६ सय ४९ वटा आरडीटी परीक्षण भएका छन् ।

प्रवक्ता देवकोटाका अनुसार प्रदेश नम्बर १ मा नौ हजार चार सय ७३, प्रदेश नम्बर २ मा नौ हजार दुई सय १६, वाग्मती प्रदेशमा १३ हजार एक सय ९७ र गण्डकी प्रदेशमा ६ हजार नौ सय ५७ जनाको आरडीटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा नौ हजार तीन सय ५३, कर्णाली प्रदेशमा सात हजार पाँच सय ९३ र सुदूरपश्चिम प्रदेशमा १८ हजार आठ सय ७० जनाको आरडीटी परीक्षण भएको छ ।

उपत्यकामा १७ र बाहिर चार सय ४० जना गरी ४ सय ५७ जना आइसोलेशनमा रहेका छन् । प्रदेश नम्बर १ मा ४०, प्रदेश नम्बर २ मा एक सय ३७ र वाग्मती प्रदेशमा ७८ ९उपत्यका १७ सहित० जना आइसोलेशनमा रहेका छन् । गण्डकी प्रदेशमा २, प्रदेश ५ मा एक सय ८८, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिममा ११ जना आइसोलेशनमा रहेका छन् ।

देशभरिका क्वरेण्टीनमा २१ हजार ६ सय २३ जना रहेका छन् । प्रदेश नम्बर १ मा एक हजार एक सय ७८, प्रदेश नम्बर २ मा तीन हजार चार सय ८१, वाग्मती प्रदेशमा तीन सय ३२ र गण्डकीमा तीन सय ५९ जना क्वरेण्टीनमा रहेका छन् । प्रदेश नम्बर ५ मा १३ हजार ६ सय ३८, कर्णाली प्रदेशमा ६ सय ९९ र सुदूरपश्चिम प्रदेशमा एक हजार नौ सय ३६ जना क्वरेण्टीनमा रहेका छन् ।

अब कोरोनाको लक्षण नदेखिए पनि शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने भएको छ । स्वइच्छाले पीसीआर परीक्षण गर्न चाहाने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दरमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको प्रवक्ता देवकोटाले बताए । सरकारले प्रदेश नम्बर २ र ५ का प्रभावित क्षेत्रलाई केन्द्रित गरी कम्तीमा १०र१० जना चिकित्सको टोली खटाउने निर्णय पनि गरेको छ ।


प्रकाशित : २०७७ जेष्ठ ७, बुधबार ०१:२१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech