पैसा तिरेर जो कोहीले पनि कोरोना परीक्षण गराउन पाइने, के छ मापदण्ड ?

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ जेठ ७, काठमाडौं
कोरोना भाइरसको परीक्षण अब जो–कोहीले पनि गर्न पाइने भएको छ। सरकारले तोकिएका सार्वजनिक स्वास्थ्य संस्थाहरुले तोकिएको मापदण्डअनुसार सशुल्क पिसिआर परीक्षण गराउन सक्ने नीतिगत निर्णय गरेसंगै अब जो कोहिले पनि परीक्षण गर्न पाउने भएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले लक्षण नभएका स्वदेशी तथा विदेश नागरिकले स्वइच्छाले कोरोना परीक्षण गर्न पाउने जानकारी दिएका छन्। उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ताकिएको मापदण्ड र सूचनाको गोपनियता तथा नियमित रिपोटिङ गर्ने शर्त अनिवार्य पालना गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्थाहरुमा पनि सशुल्क पीसीआर परीक्षण उपलब्ध गराइएको बताए । यसले पीसीआर परीक्षणको दायरा र संख्या वढ्ने बताइएको छ।


प्रकाशित : २०७७ जेष्ठ ७, बुधबार ०१:३४