गुल्मीका कोरोना संक्रमितको निधन प्रति नेविसंघ सिटिईभिटी प्रदेश ५ समितिद्धारा दुःख व्यक्त

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, जेठ ८
गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको मृत्यु भएको प्रदेश सरकारले पुष्टि गरेको छ । उनको निधन प्रति नेपाल नेपाल विद्यार्थी संघ (नेविसंघ) सिटिईभिटी प्रदेश ५ समितिले समवेदना व्यक्त गरेको छ । एग्रो फरेष्टि पोलिटेक्निकल ईन्स्टिच्युट मथुरा अर्घाखाँचीका नेविसंघ ईकाई समितिका सदस्य रविन कुवरका पिता तथा कंगे देउराली आधारभूत विद्यालयका प्राध्यापक समेत रहेका उनको निधनले अपुरणीय क्षति पुगेको कमिटिले जनाएको छ । समितिका अध्यक्ष विशाल आचार्य र सचिव सुवाश पौडेलले नेविसंघका सक्रिय सदस्यका पिताको दुःखत निधनले कमिटि मर्माहत रहेकोले दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै समवेदना व्यक्त गरेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उनको उपचार भइरहेको थियो । लामो समयदेखि जन्डिसको बिमारी रहेका उनलाई गाँउका स्थानीय स्वास्थ्यकर्मीले उपचार गरेका थिए । गाँउमा गरेको उपचारले निको नभएपछि उनलाई सन्धीखर्क ल्याईएको थियो । सन्धीखर्कको छाया पोलिक्लिनकमा जाँच गराउन छिरेका उनलाई त्यहाँ उपचार सम्भव नभएको भन्दै बुटवल रिफर गरिएको थियो । जेठ १ गते क्रिमसन अस्पतालमा उपचार गराउन आएका ती व्यक्तिमा सोमबार कोरोना पुष्टि भएको हो । जन्डीसले थलिएका उनलाई १ गते आईसियुमा राखेर उपचार शुरु गरिएको थियो । उनको अवस्था सुधार नभएपछि २ गतेबाट भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको अस्पतालले जनाएको छ ।


प्रकाशित : २०७७ जेष्ठ ८, बिहीबार १२:०५