झापामा मात्रै २३ जना सहित आज एकैदिन २७ जनामा कोरोना पुष्टि, संक्रमित ४ सय ५४ पुगे

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ जेठ ८, काठमाण्डौ
नेपालमा आज एकैदिन २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

आज थपिएका सङ्क्रमितमध्ये झापामा मात्रै २३ जनालाई सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । झापा कचनकवल गाउँपालिकाका १७ देखि ५५ वर्ष उमेरका व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज रुपन्देही, दाङ, सुनसरी र धनकुटका एकरएक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चार सय ५४ पुगेको छ ।

अहिलेसम्म कोरोनाको कारण तीन जनाको ज्यान गएको छ भने ४९ जना निको भएका छन् ।


प्रकाशित : २०७७ जेष्ठ ८, बिहीबार १४:०५