थप ३ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ४ सय ५७ पुग्यो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ जेठ ९, काठमाण्डौ
बिहीबार राति थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा तीन जना सङ्क्रमित थपिएका छन् ।

बाँकेका नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा ३ का‌४२ वर्षीया महिला र कपिलवस्तु शुद्धोधन गाउँपालिकाका १९ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ४ सय ५७ पुगेको छ ।


प्रकाशित : २०७७ जेष्ठ ९, शुक्रबार ०१:२५