आज मन्त्रिपरिषद बैठक बस्दै, महत्वपुर्ण निर्णय गर्दै

[sharethis-inline-buttons]

९ जेठ, काठमाडौं
मन्त्रिपरिषदको बैठक शुक्रबार बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताए ।

केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको थियो ।

शुक्रबारको मन्त्रिपरिषद बैठकमा त्यो विषयले प्रवेश पाउने सम्भावना छ । त्यसैगरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि मन्त्रिपरिषदमा छलफल हुने एक मन्त्रीले बताए ।


प्रकाशित : २०७७ जेष्ठ ९, शुक्रबार ०२:५२