Latest Posts

पिपरा प्रहरीको एक्सन, राजश्व छलिमा उल्लेख्य प्रगति

लुदस, ईलाका प्रहरी कार्यालय...

कांग्रेसको ५७ जिल्लाको वडा अधिवेशन सकियो

काठमाडौँ ,असोज १ नेपाली...

भारतमा थप ३४ हजार ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नयाँ दिल्ली , आश्विन...

चिनबाट ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं ,आश्विन १ नेपालले...

Latest Posts

पिपरा प्रहरीको एक्सन, राजश्व छलिमा उल्लेख्य प्रगति

लुदस, ईलाका प्रहरी कार्यालय पिपराले ठुलो मात्रामा चोरीका मोटरसाईकल र कार भन्सार चलान गरेको छ । विभिन्न समयमा चेकजाँच गर्दा कागजात उल्लेख नभएका चोरी पैठारी भई आएका ७ मोटरसाईकल ३ वटा स्कुटर र एउटा अल्टो कार पिपरा प्रहरीले सुठौली भन्सार चलान गरेको छ । प्रहरीले ति साधनको मुल्य करिव ९ लाख ८५ हजार मुल्य कायम […]

Arv

l

प्रदेश पाँचको बजेट अधिवेशन सुरु हुँदै, २ जना प्रदेशसभा सदस्य क्वरेन्टीनमा

लुदअ जेठ ९, रुपन्देही
पाँच नम्बर प्रदेश सभाको बजेट अधिवेशन आज सुरु हुँदैछ ।

बुटवलमा रहेको प्रदेश सभा भवनमा दिउँसो १ बजे बजेट अधिवेशन सुरु हुन लागेको हो । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशको बजेट अधिवेशनको आव्हान गर्नुभएको हो ।

अधिवेशन आह्वान गरिएको सम्बन्धी प्रदेश प्रमुखको पत्र पढेर सुनाउने, अघिल्लो अधिवेशनमा पारित भएर प्रमाकरण भएका बिधेयकका बिषयमा जानकारी दिने र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुका प्रतिनिधिहरुले शुभकामना दिने कार्यसूची रहेको प्रदेश सभाको अर्थ, उद्योग र पर्यटन समितिका सभापति दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

प्रदेश सरकारले शनिबार आर्थिक वर्ष २०७७ । ०७८ को नीति कार्यक्रम पेश गर्नेछ । प्रदेश सभाको आजको बैठकमा २ जना प्रदेश सभा सदस्य भने सहभागी हुन पाउने छैनन । बिहीबार गरिएको आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ देखिएका कारण उनीहरु क्वरेन्टीनमा छन् ।

परीक्षणका क्रममा २ प्रदेश सभा सदस्य, एकजना प्रदेश सभा सचिवालयका कर्मचारी , सांसदका स्वकीय सचिव र सुरक्षागार्ड गरी ११ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश सभा सचिवालयका प्रव श्यामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उनीहरु सबैको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *