गाउँलेको कुटाइबाट एक जनाको ज्यान गयो, ६ जना बेपत्ता

[sharethis-inline-buttons]

लुदअ जेठ ११, जाजरकोट
शनिबार राति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा गाउँलेहरुको कुटाइबाट जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको ज्यान गएको छ ।

मृतक नवराजसँग गएका ६ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिनुभयो । घटना सम्बन्धमा बाह्र युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ ।

नवराज र सोतीकी एक युवतीबीच प्रेम रहेको र तिनै युवतीङ्को आग्रहमा नवराजले १९ जना युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए ।

केटाहरु आएको खबर युवतीकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँहरुले युवालाई कुटपिट गर्दा नवराजको ज्यान गएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो । गाउँहरुले लखेट्दा अन्य ६ युवा बेपत्ता रहेको उहाँँको भनाइ छ ।

नवराजसँग प्रेम रहेको थाहा पाएपछि युवतीका आफन्तले विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएको श्रेष्ठले जानकारी दिनुभयो ।

उजुरी दिएपछि दुवै समूहबीच छलफलसमेत भएको र जात नमिल्ने भन्दै अस्वीकार गरिएको प्रहरीको भनाइ छ ।


प्रकाशित : २०७७ जेष्ठ ११, आईतवार ०३:२८