Latest Posts

प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  लुदस, काठमाडौं , साउन, ११ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक...

कांग्रेसको पदाधिकारी बैठक बस्दै

लुदस, काठमाडौं, साउन ११ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । स्थगित भएको अधिवेशनको नयाँ मिति तय...

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दियो

  लुदस,काठमाडौँ,साउन ११ निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आज केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको...

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दियो

लुदस,काठमाडौँ,साउन ११ निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आज केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको हस्ताक्षर...

रुपन्देहीमा आज ४६ संक्रमित थपिदा , २६ जना संक्रमणमुक्त २ को मृत्यु

बुटवल साउन ११ रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४६ जना नयाँ संक्रमित थपिदा २६ जना संक्रमणमुक्त छन्। पछिल्लो २४...

Latest Posts

प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  लुदस, काठमाडौं , साउन, ११ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक हजार वटा अक्सिजनका सिलिण्डर भरेर राख्न निर्देशन दिएको छ । मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगतका दिनहरुमा जस्तै कोरोना...

सोती घटना : कुटपिटपछि युवाको हत्या आरोपमा वडाध्यक्ष सहित १२ जना पक्राउ

लुदअ जेठ १३, जाजरकोट
शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा युवाहरुको हत्या आरोपमा वडाध्यक्षसहित १२ जना पक्राउ परेका छन् ।

झडपमा बेपत्ता तीन जना युवाको शव फेला परेको छ भने चार जना बेपता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन१९ जना गएका थिए । सोतीमा गाउँले र ती युवाहरुबीच झडप हुँदा भेरी नगरपालिका–४ नवराज विक र चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ गणेश बुढाको शव फेला परेको छ ।

सुनार र विकको शव आइतबार भेटिएको थियो भने गणेशको सोमबार भेटिएको छ । भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिबारदेखि बेपत्ता छन् ।

घटनामा संलग्न चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्लसहित स्थानीय १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिए ।
घटनाका घाइते आशिष विक र सरोज भँडेलले आफूहरु सोती पुगेदेखि नै जातीय विभेद्कारी गालीगलौज गर्दै ढुङ्गामुढा गरेको दावी गरे ।

उनले आफूहरुलाई बेसरी गाली गर्न थालेपछि फर्किएको बताउँदै भन्नुभयो,‘‘फर्किइसकेपछि गाउँलेहरु ढुङ्गामुढा गर्दै लखेट्दै आएपछि हामी भाग्यौँ । कोही कता कोही कता भयौँ । कतिजना भेरी नदीमा हाम्फाल्यौँ ।’ करिब चार किलोमिटरभन्दा बढीको दूरीसम्म लखेटेको प्रत्यक्षदर्शी उर्मिला घर्तीले जानकारी दिईन् ।

जिल्ला अस्पतालमा राखिएको शव परिवारले बुझ्न मानेका छैनन् । रुकुम पश्चिम जातीय छुवाछुत जिल्ला घोषणा भइसकेको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *