परिवार नियोजनको स्थायी र अस्थायी साधन प्रयोग गर्ने घटे

लुदअ जेठ १४, काठमाण्डौ
नेपालमा परिवार नियोजनका साधन प्रयोगकर्ता घटेका छन् ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षणमा परिवार नियोजनका अस्थायी र स्थायी साधन प्रयोग गर्नेहरु घटेको देखिएको छ ।

गएको आर्थिक वर्षमा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने नयाँ प्रयोगकर्ताको सङ्ख्या सात लाख ५३ हजार जना रहेकोमा यो आर्थिक वर्षको आठ महिनामा चार लाख ३१ हजार रहेका छन् ।

यस्तै गएको वर्ष परिवार नियोजनका स्थायी साधनका नयाँ प्रयोगकर्ता २६ हजार नौ सय ८७ जना रहेकोमा यो वर्षको आठ महिनामा जम्मा १४ हजार तीन सय १५ जना छन् ।

यस्तै गएको आर्थिक वर्षमा परिवार नियोजनका लगातार प्रयोगकर्ता १५ लाख तीन हजार रहेकोमा यो वर्षको आठ महिनामा त्यस्ता प्रयोगकर्ता सात लाख ७१ जना मात्रै रहेका छन्

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *