गुल्मीका सबै स्थानीय तहका प्रमुख, अध्यक्ष र चालक ‘होम क्वारेन्टाइन’मा

[sharethis-inline-buttons]

लुदअ गुल्मी, जेठ १४
गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्षमा कोरोना संक्रमण देखिएपछि गुल्मीका सबै स्थानीय तहका प्रमुख, अध्यक्ष र चालक ‘होम क्वारेन्टाइन’मा बसेका छन् ।

जिल्लास्थित राजनीतिक दलका प्रमुख पनि होम क्वारेन्टाइनमै छन् ।
धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले आफूलाई कोरोना पुष्टि भएको र आफ्नो स्वास्थ्य अवस्था सामान्य भएकोले होम क्वारेन्टाइनमा बस्ने जानकारी दिएका छन् ।

प्रदेश प्रयोगशाला भैरहवामा भएको परीक्षणमा धुर्कोट गाउँपालिकाका अध्यक्षलाई कोरोना ‘पोजिटिभ’ देखिएको थियो ।
उनीसहित गुल्मीका १२ ओटै स्थानीय तहका प्रमुखहरु समन्वय समितिले आह्वान गरेको बैठकमा सहभागी भएका थिए ।


प्रकाशित : २०७७ जेष्ठ १४, बुधबार ०२:२७