थप २१ जनाले जिते कोरोना, निको हुनेको संख्या १ सय ७६ पुग्यो

[sharethis-inline-buttons]

लुदअ काठमाडौं, जेठ १३
कोरोना निको हुनेको संख्या १७६ पुगेको छ । मंगलबार थप २१ जना निको भएसँगै नेपालमा कोरोना जित्नेको संख्या १ सय ७६ पुगेको हो । नारायणी अस्पताल कोरोना विषेश अस्थायी अस्पताल गण्डकको आइसोलेशनमा उपचाररत २१ जनाले कोरोना जितेका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले ४ महिलासहित २१ जनाले कोरोना जितेको बताए । उनीहरु सबै वीरगन्ज महानगरपालिकाको रहेको र मंगलबार राति डिस्चार्ज गरिएको उनको भनाइ छ । हालसम्म नेपालमा ७ सय ७२ जनामा कोरोना पुष्टि भएकोमा यो संख्यामा निको भएका हुन् ।


प्रकाशित : २०७७ जेष्ठ १४, बुधबार ०३:५१