ताजा अपडेट

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

१३ औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

लुम्बिनी दर्पण २०७७ जेष्ठ १५, बिहीबार ०२:०६
[sharethis-inline-buttons]
Image XYZ

लुदअ जेठ १५, काठमाण्डौ
राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत् देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो जीवन आहुति गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता एवं आम जनताको योगदानको उच्च प्रशंसा गर्दै उहाँले गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आह्वानसमेत गर्नुभएको छ ।

अपार जनसहभागिता रहेको ऐतिहासिक जनआन्दोलनको परिणामस्वरुप स्थापित जननिर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै राष्ट्रपति भण्डारीले प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउँदै आए पनि यस वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिका कारण औपचारिक कार्यक्रम आयोजना गर्न कठिनाइ उत्पन्न भएको उल्लेख गर्नुभएको छ ।

‘आजको यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीहरुलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रुपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु’, राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

सदाकाल स्वाधीन राष्ट्रका रुपमा रहेको नेपालको भौगोलिक अखण्डता कायम गर्ने तथा राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पु¥याउने पूर्वजहरुको योगदानको स्मरण गर्दै उहाँहरुको स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन राष्ट्रपतिले हार्दिक आह्वान गर्नुभएको छ ।


प्रकाशित : २०७७ जेष्ठ १५, बिहीबार ०२:०६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी
  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त
  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।
  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा नदीमा चोरी तस्करीको अखडा, जोखिममा प्रगति ४ मौजा सिंचाई आयोजना

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनीमा सोमवार सार्वजनिक बिदा

राजनैतिक भागवण्डा नमिल्दा त्रिशक्ति सामुदायिक वन समिति विहिन, अखडा बनेको भन्दै स्वतन्त्र समुहको तालाबन्दी

लुम्बिनी प्रदेश : सरकारलाई पूर्णता दिन ढिलाइ, ३ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीमा

जितपुर–नन्दनगर नाली निर्माणमा ठेकेदारको गम्भिर लापरवाही, स्थानीयको गोठमा लेदो पस्यो

भारतबेन्जको पार्टर्स आउटलेट बुटवलमा

विद्यालयको जग्गामा टेन्डर गर्दा चलखेल  गरेको  आशङ्का 

लायन्स क्लब अफ बुटवल सेन्ट्रल को अध्यक्षमा बाल्दर

शुद्धोधनमा कालिका स्वावलम्बन सामाजिक केन्द्रद्धारा हात्ति पाईले रोग विरुद्ध सचेतना

रुपन्देही–५ मा काग्रेस बाट भरत शाह दम्पती नै सिफारिस

प्रदेश स्तरीय साथी सन्जाल गठन कार्यक्रम सम्पन्न

भर्खरै

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech